सिरिजङ्गा गाउँपालिका अध्यक्षमा कांग्रेसको जीत

राजनीति समाचार

काठमाडौं । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । चौहानले तीन हाजार ३४३ र चाम्लिङले तीन हजार २७५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै गाउँपालिकाका उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का चित्र माबो निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका तुलसा बस्नेतलाई एक हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभयो । औपचारिक घोषणा हुन भने बाँकी छ ।

यहाँका आठमध्ये चार वडामा कांग्रेस, दुईमा एमाले, एकमा माओवादी केन्द्र र एक स्वतन्त्रले वडाध्यक्षमा निर्वाचित भएका छ्न ।

१ मतको अन्तरले उपाध्यक्षमा बन्दना निर्वाचित

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा १ मतको अन्तरले गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी बन्दना कडरिया निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङ्लाई १ मतले पछि पार्दै कडरिया उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कडरियाले दुई हजार ३७६ मत प्राप्त गर्नुभएको छ भने ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गर्नु भएको छ । ताम्लिङ यसअघि गाउँपालिका उपाध्यक्ष हुनुहुन्थ्यो । माओवादी केन्द्रका ताम्लिङले कांग्रेससँग भएको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै एमालेसँग सहकार्य गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *