तिनपाटनमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

राजनीति समाचार

काठमाडौं । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपालकम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी हुनुभएको हो ।

मगरले नौ हजार २३९ पाउनुभएको छ भने नेकपा ९एमाले०का उम्मेदवार छत्र दाहालले ८ हजार ४२ मत पाउनुभयो । उपाध्यक्षमा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार धनबहादुर पुलामी ८ हजार ३९९ मतले विजयी हुनुभएको छ भने एमालेका पदममाया तामाङ ७९०८ मतल्याई पराजित हुनुभएको छ । पदममाया यसअघि एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ । एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएका दाहाल २०७४ सालको निर्वाचनमा १९ मतले पराजित हुनुभएको थियो ।

वडा नंम्बर २, ३, ४, ६, ७, ८, ९, १० र ११ मा गठबन्धनबाट कांग्रेस विजयी र वडा नं १ र ५ एमाले विजयी भएको छ । वडा नं १ बाट एमाले बाट गोविन्द राउत, वडा नं ५ मा भुपाल तामाङ विजयी हुनुभएको छ । अन्य वडामा गठबन्धनबाट कांग्रेसबाट वडा नं २ मा मुकुन्द पौडेल वडा नं ३ मा लालबहादुर स्याङतान, ४ मा खड्गबहादुर भुजेल, वडा नं ६ मा वीरबहादुर पुलामी, वडा नं ७ मा युवराज पहाडी, ८ मा कृष्णप्रसाद गौतम वडा नं ९ मा मोहन गौतम, १० मा पुण्यहरि भुजेल र वडा नं ११ मा तिलकबहादुर बस्नेत विजयी हुनुभएको छ ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा उपाध्यक्षसहित बहुमत वडा जितेको एमालेले २०७९ मा दुई वडामा मात्र सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *