राजनीतिक पार्टीको नेताले मजदुर किसान पार्टीको पाठ सिक्ने कि ?

समाचार

सावित्री खत्री
काठमाडौं । स्थानीय चुनाव गत वैशाख ३० गते सम्पन्न भएको छ भने केही स्थानमा चुनाव रोकिएको छ । केही ठाउँमा झडप भएको । खासगरी भन्नुपर्दा स्थानीय चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको मान्नुपर्छ । तर राजनीतिक दलभित्रको खिचातानी र बेइमानी, नेताको घमण्डले गर्दा राजनीतिक दलले सोचेअनुसारको नतिजा हात पार्न सकेका छैनन् । कतिपय ठाउँ जिल्ला प्रदेशबाट चुनावी परिणाम आइरहेका छन् । २०७४ सालमा एमालेले बहुमत हासिल गरेको थियो । अहिले २०७९ सालको स्थानीय चुनावमा दोस्रो दल बन्ने भएको छ भने पाँच दलीय गठबन्धनले पनि सोचेजस्तो जित हासिल गर्न सकेको छैन ।
सरकारमा रहेका कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भित्र पनि अन्तर्घात र घातले गर्दा चुनावी परिणाम आफ्नो पक्षमा पार्न सकेनन् । किनकि गठबन्धन दलभित्रको चुनावी चिन्ह भित्र मतदाताले सजिलो तरिकाले मतदान गर्न सकेनन् । गठबन्धनभित्र धेरै मत चाहिं बदर भएको छ । यो बदर हुनु भनेको मतदाता शिक्षाको कमी हुनु हो । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदै आएकोमा यसपटक बजेट कटौती गरेर मतदाता शिक्षाबाट वञ्चित गरेको थियो । मतदाता शिक्षाको कारण धेरै मत बदर भएको छ । यसको असर काठमाडौं उपत्यकादेखि देशका ठुला शहरमा समेत देखिएको छ । यस्तै विकट जिल्लामा कति प्रभाव परेका होलान् । यस्ता कुरामा न सरकारले ध्यान दियो, न त निर्वाचन आयोगले नै खबरदारी ग¥यो । खासगरी भन्नुपर्दा निर्वाचन आयोग यसमा दोषी देखिन्छ ।
निर्वाचन आयोगले परापूर्व कालदेखि मतदाता शिक्षा दिँदै आएको थियो भने यसपालीको निर्वाचनमा मतदाता शिक्षामा निर्वाचन आयोगले खेलेर राजनीतिक दललाई पत्तासाफ पार्ने काम निर्वाचन आयोगले गरेको थियो भने स्थानीय तह, जिल्लामा राजनीतिक दलका उम्मेद्वारलाई मत नदिएर स्वतन्त्र या व्यक्तिलाई भोट दिएका छन् । यो भनेको नेपाली जनताले राजनीतिक दललाई विश्वास नगर्नु हो । नेपाली जनताले विश्वजास गरेको पार्टी नेपाली कांग्रेस र एमाले थियो । तर एमालेले ४१ महिना सरकार चलाउँदा विकासभन्दा बढी भ्रष्टाचार र अनियमितता ग¥यो र गरिबीजस्तो समस्यालाई प्राथमिकता नदिएर पार्टीभित्र गुट खडा गरी पार्टीलाई विभाजन गर्ने काम ग¥यो । पार्टीभित्र गर्नुपर्ने काम नगरेको, चाहिंदो नचाहिंदो बोलेको, पार्टीभित्र निष्ठावान व्यक्तिलाई छाडेर गुटको उम्मेद्वार बनाएको र पार्टीभित्र उरन्ठेउलाहरुलाई नेता बनाएको आरोप लागेको छ । काम नगर्ने, ठुला ठुला कुरा गर्ने, संगठनलाई ध्वस्त बनाउने व्यक्तिहरुलाई नेता बनाउने गरेको आरोप एमालेभित्र लाग्ने गरेको छ । एमाले पार्टीमा मात्र होइन, नेपालको राजनीतिक दलहरुमै गुट उपगुट हावी भएको देखिन्छ । पार्टीभन्दा पनि व्यक्ति हावी भएका कारण स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले सोचेअनुसारको चुनावी परिणाम हासिल गर्न सकेनन् । भोलिका दिनमा समेत यसले असर पार्ने देखिन्छ । उदाहरणको लागि भक्तपुर जिल्लाको चुनावी परिणामले देखाएको छ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले स्थानीय चुनावदेखि संघीय चुनावसमेत आफ्नो कब्जामा पारेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले जमानतै जोगाउन सकेका छैनन् । किनकी नेपाली जनताको लागि काम भनेको विपक्षमा बसेर पनि गर्न सकिन्छ भन्ने उदाहरण नेपाल मजदुर किसान पार्टीले देखाएको छ । तर कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीले काम नगरेको र सत्तामा जाने, जनताको काम नगर्ने, पार्टी भजाउने काम गरेको देखिन्छ । सत्तामा आलोपालो गरी जानीबुझी भ्रष्टाचारको जालो, तस्करीको जालो फैलाउने, जनताको लागि विकासको योजना ल्याउन नसक्ने, जनतालाई दिग्भ्रमित पार्नेजस्ता काम राजनीतिक दलहरुका नेताले गर्दै आएका छन् । यसको परिणाम राजनीतिक दलका नेताले भोग्दै आएका छन् र भोग्दैछन् । राजनीतिक दलका नेताले नेपाल मजदुर किसान पार्टीबाट पाठ सिक्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *