जनमतको संकेत बहुदलीयबाट दुई दलीय पद्दतितिर

समाचार

रामचन्द्र
सम्पन्न स्थानीय निर्वाचनको आंशिक मात्र परिणाम सार्वजनिक भएको छ । यो परिणामको आधारमा राजनीतिक दलहरुको दख्खललाई हेर्दा मुलुक दुई दलिय व्यवस्थातिर जान थालेको संकेत देखिन्छ । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनको परिणामले पनि मुलुक बहुदलियबाट दुई दलिय व्यवस्थातिर जान थालेको संकेत गरेको थियो । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा नेपाली जनताले राष्ट्रिय दलको रुपमा कम्युनिष्ट गठबन्धनलाई र नेपाली कांग्रेसलाई मात्र स्वीकार गरेको थियो । अहिले त्यो निर्वाचनको परिणामले देखाएको थियो । निर्वाचन आयोगको प्रावधान अनुसार राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीले पनि राष्ट्रिय मान्यता प्राप्त गरेका थिए । तर यी दुई मधेशवादी दलको प्रभाव तथा आधार क्षेत्र मधेश प्रदेश मात्र भएको कारण यी दुई दलले निवाृचन आयोगको प्रावधान अनुसार राष्ट्रिय दलको मान्यता प्राप्त गरेका भएपनि यी दुई मधेशवादी दललाई यथार्थमा क्षेत्रिय दल भन्नु पर्ने अवस्था रहेको छ । २०७४ सालमा सम्पन्न भएको आम निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेर चुनावी मैदानमा गएका थिए । र, तालमेलको कारण राम्रो सफलता प्राप्त गरेपछि यी दुई कम्युनिष्ट पार्टीले २०७५ साल जेठ ३ गते आपसमा एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टीमा रुपान्तरण भएका थिए । दुई ठूला कम्युनिष्ट पार्टी रुपान्तरण भएर एउटै भएपछि मुलुकमा प्रजातान्त्रिक कित्ताको नेपाली कांग्रेस र वामकित्ताको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय राजनीतिमा देखिएका थिए । यो स्थिति संविधानले होइन, जनमतले निर्वाचन मार्फत् बनाएको थियो ।
तर सर्वोच्च अदालतको आदेशबाट नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि र नेकपा एमाले कित्तामा विवाद भएपछि एउटा कम्युनिष्ट पार्टी तीन वटा कम्युनिष्ट पार्टीमा रुपान्तरण भएका थिए । यसरी तीन वटा वामशक्तिमा विभाजित भएका मध्य एउटा नेकपा एमाले अहिले प्रमुख शक्तिको रुपमा एक्लै चुनावी मैदानमा उत्रिएको थियो भने अन्य दुई कम्युनिष्ट पार्टी प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय चुनावमा उत्रिएको थियो । कांग्रेस नेतृत्वको यो गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादीका अतिरिक्त जनता समाजवादी र राष्ट्रिय जनमोर्चा समेत समावेश रहेका छन् । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन एकातिर र प्रमुख प्रतिपक्ष नेकपा एमाले अर्कोतिर रहेर सम्पन्न स्थानीय निर्वाचनमा प्रतिश्पर्धा गरेको अवस्था रहेको थियो । कांग्रेस नेतृत्वको गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अतिरिक्त सम्पन्न आम निर्वाचनमा मधेश प्रदेश केन्द्रित अर्को क्षेत्रिय दल लोकतान्त्रिक समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो अस्तित्व देखाएका भएपनि यी दुई दलले गणना योग्य सफलता भने प्राप्त गरेको अवस्था छैन । समग्रमा भन्नु पर्दा सम्पन्न आम निर्वाचन कांग्रेस नेतृत्वको पाँच दलिय गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमाले बीचको प्रतिश्पर्धाका रुपमा लिनु पर्ने अवस्था आई राखेको निर्वाचन परिणामले देखाएको छ । गठबन्धनले पहिलो स्थान प्राप्त गरेको छ भने प्रमुख प्रतिपक्ष एमाले दोस्रो स्थानमा रहेको छ । नेकपा एमालेले सफलता प्राप्त गरेको स्थानमा गठबन्धन प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएको छ । अर्थात् सम्पन्न आम निर्वाचन सत्तारुढ गठबन्धन र प्रतिश्पर्धी नेकपा एमालेका बीचमा नै केन्द्रित भएर परिणाम आई राखेको छ । यस आधारमा मुलुक दुई दलिय व्यवस्थातिर जान थालेको निष्कर्ष निकाल्न सकिन्छ । संविधानले बहुदलिय व्यवस्थाको प्रावधान राखेको भएपनि जनताले भने २०७४ सालमा सम्पन्न भएको आम निर्वाचन सँगै अहिले सम्पन्न भएको स्थानीय निर्वाचन मार्फत् पनि आफ्नो अभिमत दुई दलिय पद्दतितिर संकेत गरेर दिएको देखिन्छ । नेपालमा मात्र होइन अन्य लोकतान्त्रिक पद्दतिको अभ्यास गरी राखेका मुलुकहरु पनि क्रमशः बहुदलिय व्यवस्थाबाट दुई दलिय व्यवस्थातिर रुपान्तरण भई राखेको अवस्था छ । अमेरिका तथा बेलायत जस्ता लोकतन्त्रको लामो समयदेखि अभ्यास गरी राखेका मुलुकमा दुई दलिय व्यवस्था प्रचलनमा आएको छ । र, त्यहाँका जनताले दुई दलिय व्यवस्थालाई स्वीकार गरेको अवस्था छ । विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा पनि क्रमशः बहुदलिय व्यवस्थाबाट दुई दलिय व्यवस्थाको अभ्यास हुन थालेको छ । भारतमा स्थानीय र प्रदेश स्तरमा धेरै दलहरु भूमिकामा देखिएपनि राष्ट्रिय राजनीतिमा भने भारतीय जनता पार्टी र कांग्रेस आई मात्र भूमिकामा देखिएका छन् भने राष्ट्रियस्तरमा यी दुई पार्टीको मात्र संगठन रहेको अवस्था छ । भारत बहुदलिय व्यवस्थाको अभ्यास हुने क्रम अगाडि बढेसँगै बहुदलिय व्यवस्थाबाट दुई दलिय व्यवस्थातिर रुपान्तरण हुन थालेको त्यहाँको राजनीतिक घटनाक्रम र चुनावी परिणामले देखाएको छ । भारतको संविधानले पनि हाम्रो जस्तै बहुदलिय पद्दतिलाई स्वीकार गरेको भएपनि जनताले भने दुई दलिय व्यवस्थालाई अंगिकार गर्न थालेको चुनावी परिणामले देखाउन थालेको छ । विश्वको सबभन्दा ठूलो संसदीय प्रजातान्त्रिक मुलुक भारत र संसदीय प्रजातन्त्रको जननी मानिएको बेलायतमा पछिल्लो समयमा भई राखेको राजनीतिक अभ्यासलाई हेर्दा विश्वको प्रजातान्त्रिक अभ्यास भई राखेको मुलुकहरु बहुदलिय व्यवस्थाबाट दुई दलिय व्यवस्थातिर जान थालेको देखिन्छ । र, सम्पन्न भएको स्थानीय निर्वाचनले पनि नेपाल पनि बहुदलिय पद्दतिबाट दुई दलिय पद्दति तिर जान थालेको स्पष्ट संकेत देखिन्छ । यही कारणले गर्दा होला नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचन सम्पन्न भएपछि आउन थालेको परिणामको विश्लेषण गर्दै मुलुक दुई दलिय पद्दतितिर जान थालेको टिप्पणी गरेका छन् ।
दलको गठन भनेको विचारको आधारमा हुनु पर्दछ । राजनीतिको मान्यता भनेको यही हो । तर नेपालमा भने विचारको आधारमा नभएर नेताको स्वार्थको आधारमा राजनीतिक दलहरु गठन हुने तथा विभाजित हुने गर्दछन् । निर्वाचन मार्फत् जनअदालतमा कुनै प्रकारको हैसियत बनाउन नसक्दा पनि निर्वाचन आयोगको विधि पु¥याएर खल्तीमा राजनीति दल राखेर हिँड्ने प्रवृत्ति नेपालमा व्यापक रुपमा नै भई राखेको छ । यही कारणले गर्दा राजनीतिक दलहरु खास गरेर वाम कित्ताका दलहरुको विभाजन विचार, सिद्धान्तको आधारमा नभएर नेतालाई नेतृत्व गर्ने चाहनाको आधारमा हुने गर्दछ । यो तितो सत्यको पुष्टि सम्पन्न स्थानीय निर्वाचनको परिणामले पनि गर्दछ । जनताले स्वीकार नगरेका तर निर्वाचन आयोगको विधि पु¥याएर अस्तित्वमा रहेका खल्ती छाप दलहरुकै कारण नेपालमा बहुदलिय व्यवस्थामा कायम रहेको छ भन्दा अन्यथा हुँदैन । दल भनेको नियम कानुनबाट होइन जनताको समर्थनबाट टिक्नु पर्दछ र दलको गठन नेताको लहर र सनकको कारणले नभएर विचार र सिद्धान्तको आधारमा हुनुपर्दछ । तर यो मान्यता नेपालको सन्दर्भमा भने लागु भएको छैन । यही कारणले गर्दा नै निर्वाचन आयोगमा सय भन्दा बढी राजनीतिक दलहरु दर्ता भएका छन् । तर त्यस्ता दललाई जनताले पूर्ण रुपमा अस्वीकार गरेको अहिलेको चुनाव परिणामले पनि प्रष्ट पारेको छ । यो स्थितिमा हरेक नागरिकलाई राजनीतिक दल खोल्ने अधिकार उपलब्ध गराउने नाममा यस्तो भद्दा राजनीतिक अभ्यास गर्न नियन्त्रण गर्नु पर्ने हुन्छ । यो स्थितिलाई अहिले भई राखेको मत गन्तीको ढिलाईले पनि पुष्टि गर्दछ । त्यस कारण जनताले दुई दलिय पद्दतितिर दोहो¥याएर अभिमत व्यक्त गरेको र राष्ट्रिय स्तरमा बहस गरेर यही अनुरुप मुलुकलाई अगाडि बढाउनेतिर पहल हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *