स्वतन्त्रले बजाई दिए दलहरुको बाह्र

समाचार

काठमाडौं । नगर पालिका उपनगर पालिका, महानगर पालिका तथा गाउँ पालिकागरी ७५३ स्थानीय तहमा गत वैशाख ३० गते एकसाथ निवाचन सम्पन्न भएको छ र यो निवाचनमा विभिन्न दल तथा स्वतन्त्र गरी हज्जारौले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । तर मुलुकको समग्र राजनीति र केही शीर्ष नेतालाई हल्लाउने काम भने, केही व्यक्तिको स्वतन्त्र उम्मदवारीले गरेको छ । काठमाडांै महानगर पालिकाको मेयरमा बालेन शाहले दिएको उम्मेदवारी एकातिर देशव्यापी तातो चर्चाको विषय भै राखेकोछ भने अर्कोतिर मत गणना सुरु भएदेखि नै पहिलो स्थानबाट डेग नचलेका शाहको उम्मेदवारी नेकपा एमालेका उम्मेदवार केशव स्थापित तथा नेपाली कांग्रेस कि उम्मेदवार सृजना सिंहका निम्ति शुरुदेखि नै खतराको घण्टी बजिराखेको छ । उता भरतपुरमहानगर पालिकामा आफ्नो पार्टी नेपाली कांग्रेसले गरेको निर्णय प्रति विद्रोह गर्दै वरिष्ठ कांग्रेसी नेता जगन्नाथ पौडेलले मेयरमा दिएको उम्मेदवारी प्रधानमन्त्री शेरबहादुर देउवा र, सरकारको एउटा घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निम्ति ठूलो टाउको दुखाईको विषय बन्दै आएको छ । भरतपुर तथा चितवनका तमाम कांग्रेसी कार्यकताको भरतपुरको मेयरको उम्मेदवारी माओवादीलाई दिन हँुदैन भन्ने मतलाई कुल्चदै कांग्रेस सभापति देउवाले प्रचण्डको माग अनुसार भरतपुरको मेयर गठबन्धनको तर्फबाट रेणु उम्मेदवार हुने गरी माओवादीलाई दिएपछि बबाल उत्पन्न भएको थियो र जगन्नाथ पौडेललाई भेटेर उनलाई उम्मेदवारी फिर्ता लिन लगाएर बबाल शान्त पार्न भनेर उम्मेदवारी दिएको भोली पल्टै गत वैशाख १३ गते नै माओवादी अध्यक्ष प्रचण्ड भरतपुर पुगेका थिए ।
त्यसपछि जगन्नाथ पौडेललाई मनाउन भनेर प्रधानमन्त्री देउवाको दूत भएर पूर्व प्रधानन्याधीश गोपाल पराजुली भरतपुर पुगेका थिए भने गृहमन्त्री बालकृष्ण खाड र राज्यमन्त्री उमेश श्रेष्ठले तीन दिनसम्म भरतपुरमा नै धर्ना कसेका थिए । तर कसैले पनि मनाउन नसकेपछि रात बस्ने गरी प्रम देउवा नै भरतपुर पुगेका थिए । अहिले तिनै जग्गनाथको कारण अहिले प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई दिनमा भोक न रातमा चैन भै राखेको छ ।
कांगे्रसमा विद्रोह गरी पौडेलले मेयरमा उम्मेदवारी दिएकै कारणले गर्दा रेणु दाहालको उम्मेदवारी एमाले उम्मेदवार विजय सुबेदीसँग केही कमजोर देखिएको छ । उता जनकपुर उपमहानगर पालिकामा पार्टीले गरेको निर्णय प्रति विद्रोह गर्दै काग्रेंस नगर समितिको सभापतिबाट समेत राजीनामा गरेर जनकपुर उपमहानगर पलिकाको मेयरमा उम्मेदवारी दिएका मनोज कुमार साह गठबन्धन तथा एमालेका लगायत अन्य उम्मेदवारलाई धेरै पछि पार्दै आफ्नो जित लगभग निश्चित गरेका छन । उता सुदुरपश्चिम धनगढी उपमहा नगरपालिकामा पनि दलका उम्मेदवार लाई धेरै पछी पार्दै स्वतन्त्र उम्मेदवारी दिएका ब्याबसायी गोपाल हमाल धेरै अगाडी बढेको स्थिति छ । यसरी यो स्थानीय चुनावमा मतदाता र स्वतन्त्र उम्मेदवार मिलेर दल तथा उनका उम्मेदवारलाई दिउसै रात पारेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *