नेपाल प्रहरीमा बढुवाको लागि मारामार

समाचार

काठमाडौं । नेपाल प्रहरीमा आईजीपी धिरजप्रताप सिंहको लागि जेठ ११ गतेसमम खड्को छ । सिंहलाई आर्यजीपी बनाउनै हुन्न भन्दै अदालत गएका एआइृजी विश्व पोखरेलले शुरु गरेको जेष्ठता मिच्ने सरकारी लफडाले अब फेरी शंका खडा गराएको छ । प्रहरीभित्र दलगत छाया पारेर स्वार्थको खेती गर्ने नेपाली कांग्रेसले बसन्त पन्थ र बसन्त लामालाई ठुलै राहत दिलायो । दुबैले एआइजीको फुली लगाएर एक साता पनि बिताउन पाएनन् । सेवा अवधि ३० वर्षे उमेर हद ५८ वर्ष बनाउनु नै यो अवस्था आएको छ ।
चुनावको मुखमा सरकारले बसन्त लामालाई एआईजीको सिफारिस ग¥यो । तर एकसातासम्म कुर्नुपर्दा अरु आकांक्षीहरुले ठाउँ पाएनन् । प्रम देउवा वैशाख २५ गतेबाट सुदूरपश्चिममा केन्द्रीत हुँदा डीआइजीले नै हाक्नुपर्ने प्रदेश इञ्चार्जमा राजेशनाथ बास्तोला लुम्बिनीमा खटाइएका पनि थिए । वरिष्ठलाई ल्याइएको हो । निष्पक्षता लागू गरेको भए त्यहाँ तालिम केन्द्रका एसएसपी सन्दीप भण्डारी खटाउनुपथ्र्याे । भण्डारीका दाजु प्रदेश १ को सभामुख छन् । प्रदेश १ को सभामुख एमालेका प्रदीप भण्डारी हुन् । २०५२ सालको भर्नाका अधिकृतहरु २०७५ वैशाखमा बढुवा भएका थिए । एसएसपीको बढुवामा सन्दीप पहिलो नम्बर हुन् । कांग्रेसलाई ऐन नियमको चासो हुँदैन । २०७५ फागुनमा बढुवा भएकाहरुको टिममा सन्दीप भण्डारी टेकप्रसाद राई, उमेशराज जेशी, श्याम ज्ञवाली रामदत्त जोशी दीपक थापा मिरा चौधरी, बुद्धिराज गुरुङ किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ वसन्त कुँवर, भीमप्रसाद ढकाल रहेका छन् ।
यो टोली पुरानो मान्ने हो भने पछिल्लो टोलीका अशोक सिंह जनक भट्टराई भरत बोहोरा लालमणि आचार्य, रविन्द्र केसी, नवराज भट्ट, कुवेर कठायत, केदार ढकाल, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदिप गिरी, दुर्गा सिंह, विकासराज खनाल हुन् । नेपाल प्रहरीभित्र अहिले नयाँ आईजीपीको आगमनसँगै अतिरिक्त महानिरीक्षकहरुको सेवा अवधिको चर्चा शुरु हुँदैउछ । एकै ब्याजका भएपनि एआईजीको पदावधि र उमेरका कारण एआईजी पोखरेल साउन २०, रविन्द्र धानुक असोज २५, डीआर्यजीहरु अरुण बिसी भदौ २०, मुकुन्द आचार्य भदौ २३ हरिराज वाग्ले पुस १५, पुजा सिंह फागुन ५, विक्रमचन्द मंसिर ९ मा अवकाश जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *