चन्द एमालेतिर बास्तोला कता ?

समाचार

काठमाडौं । युरोपेली युनियनको डलर खेलाउन दलितको नाममा हजम गर्दै आएका अािर्थक रुपमा बद्नाम चरित्र खड्गबहादुर विक र नेत्रविक्रम चन्द अन्ततः एमालेको ओलीवादमा फस्ने भएका छन् । ओलीको जस्तै दमभ र घमण्डमा रमाएका यी क्रान्तिकारीहरुले अधुरो जनयुद्ध सफल पार्न रुसी मोडलको सैनिक अभ्यासन देखाउनका लागि गराए । तर यिनलाई हिजो जनपक्षीय संविधान निर्माण गर्न देखाउनुपर्ने निष्ठा र त्यागलाई क्रान्तिकारी भन्दा भ्रात्ी र बिसर्जनतर्फ लागेको पत्तो भएन ।
प्रचण्ड र बाबुरामले पार्टीको निष्ठा, त्याग, विश्वास मात्र गमाएनन्, पार्टी नै संसदीय दलदलमा फसाएको बताए र पार्टी फुटाउन मोहन वैद्यलाइए उचाल्न सफल नेत्रविक्रम दश वर्ष पछि नेकपा एमालेकै बाटो लिँदैछन् । रामबहादुर थापा माओवादी त्यागेर एमाले भएकै छन् । नेकपाको १२औं पूर्ण बैठकले जनतासँग जोगिएका देशभक्त प्रगतिशील शक्तिलाई स्थानीय चुनावमा सहयोग गर्ने निर्णय त ग¥यो । तर क्रान्तिकारी लफ्फाजी खड्ग विक भने निर्वाचन आयोगदेखि संघीयता लोकतन्त्रका कट्टर विरोधी नीतिगत लुटमा विद्यावारिधी गरेका एमालेका केपी ओलीसँग चुनावमा भाग लिने ठाउँ बनाइदिन गुहार माग्दै गर्दा ६९ जनाको केन्द्रीय समितिबाट ४७ जनाको भेलाले पार्टीबाट हटाएको छ ।
पार्टीले देशभक्त शक्तिलाई चुनावमा सघाउने गरी निर्णय गर्ने तर चन्दले रोल्पामा विकले कालीकोटमा एमालेसँग मिलेर माओवादीका उम्मेद्वारलाई हराउने योजना बनाउँदा चन्द र विक कहाँबाट परिचालित छन् भन्ने देखाएको छ । नेकपा माओवादी केन्द्रले गलत गरेको थियो भने मोहन वैद्य, रामबहादुर थापा, नेत्रविकmम चनदले फुटाएको पार्टीलाई दश वर्षमा तहसनहस बनाउन विदेशी शक्ति सफल भएका छन् । मााओवादी शान्ति वार्तामा आउनासाथ विदेशी तत्वले दलित जनजातिहरुलाई प्रयोग ग¥यो । माओवादीको नाममा खड्ग विकजस्ता उल्लुहरुले दलितको नाममा स्वार्थ पुरा गरेका छन् । पार्टी विभाजन गर्ने तिनै विकको धरातल यतिबेला खस्कियो जतिबेला स्थानीय तहको चुनाव हुँदै थियो ।
आफु चुनाव जितेर जिल्ला नटेक्ने, आफैंलाई जन्म दिने बाबुआमालाई भेट्न समेत नजाने विक माओवादीबाट संस्कृति, पर्यटन तथा समाज कल्याण मन्त्री त भए तर उनले नीतिगत निर्णय जनपक्षीय गर्न नसक्ने असक्षम थिए । भ्रष्टाचारमा नामुद खडक विकको क्रान्तिकारिताले नेकपा छियाछिया भएको छ । क्रान्तिकारीको घमण्ड पनि अब छताछुल्ल भएको छ । माओवादीलाई देशभक्त शक्तिका रुपमा स्थापित हुन नदिन विदेशी शक्तिको रुपमा विकजस्ता चरम अवसरवादीहरुको सक्रियता थियो । जनजातिका नाममा पनि माओवादीका नेताहरु देव गुरुङ, सुरेश आलेहरु बद्नाम हुँदा आफ्नै गृह जिल्लामासमेत पार्टि तहसनहस भएको पत्तो नपाउने धेरै छन् । मोहन वैद्य यस्तैको जालमा परेका थिए । वामपन्थीहरुले चुनावी मोर्चा बनाउनु आवश्यक छ । त्यस्तो मोर्चा विचार र कार्यक्रमको आधारमा माओवादी, समाजवादी मात्र होइन, जसपाको बिचमा पनि हुनुपर्छ । नेकपा मसाल भने मोहनविक्रम सिंह जिउँदो रहँदासम्म पार्टी एकतामा आउँदैनन् । भक्तपुरे राजा नारायणमानको हालत पनि त्यस्तै हो ।
नेपालका कम्युनिष्टहरुले वैचारिक मतभेदबाट पार्टी फुटेको छैन भन्ने बुझेका छन् । उनीहरुले नै हो मुलुक बनाउनका लागि मोर्चा बनाएर चुनावमा जानुपर्छ भनेको पनि आज संसदीय चुनावी मोर्चाको कुरा छ । देशभर जित्नुपर्छ भन्ने पनि छ । चुनाव चिन्हका लागि लडाइँ होइन । जनताको जनमत प्रमुख हो भने वाम मोर्चाको आवश्यकता ठानियो । ३ वर्ष ५ महिना २६ दिने ओली सरकारले ओम्नी, हुकाम, थामसेक, यति समूहको मात्र होइन विद्युत उपयोग गरेर नाफा आफु गर्ने प्राधिकरणलाई बुझाउनुपर्ने महसुल ३ अर्ब ४० तिर्नुपर्ने अग्रवालको महलमा पार्टी कार्यालय राख्ने एमाले कस्तो हो ? के हो भन्ने कुरा त साल्ट ट्रेडिङको नुन आफ्नो पार्टीको (कम्पनी) लोगो टाँसेर चारगुणा मूल्यमा बेच्ने मोति दुगड एमालेको उद्योग विभाग इञ्चार्ज बनाउँदा छर्लंग भएन र ? जहाँ प्रसाई र कोमल वली च्यापिए नारायण भारद्धाज, नरेश खरेलहरु केन्द्रीय सदस्यको लागि योग्य भएनन् । उनीहरु झापा विद्रोही हुन् । एमाले भनेर घमण्ड गर्नुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *