आफ्नै वडा बचाउन नेतालाई धौ धौ

समाचार

काठमाडौं । जनता र राष्ट्र सर्वाेपरी बनाइन्थ्यो भने यसपटक स्थानीय निर्वाचनमा नेकपा एमाले ठूलो पार्टी बन्न कसैले छेक्ने थिएन । तर गुटबन्दी नै पार्टीको आधार बनाइँदा पैसा लिँदै टिकट वितरण गर्दा २०७४ सालको चुनावले दिएको फाइदा जनताले स्थापित गरेको प्रतिष्ठा एमालेले बचाउन सकेन । यसपटक नेकपा एमालेले अवसर अनुसार गठबन्धन ग¥यो । एमालेका अधयक्ष केपी ओलीको हुकुमविरुद्ध माधव नेपाल झलनाथ खनालहरुले एकीकृत समाजवादी पार्टी खडागर्दा एमालेलाई नै ठुला शहरहरुमा घाटा पु¥यायो ।
काठमाडौं, पोखरा, विरगंज, विराटनगर, ललितपुर र भरतपुरमाा एमालेविरुद्ध सत्ता गठबन्धन एक जुट हुने भनेपनि कांग्रेसबाट घात भएको छ । कांग्रेसी घातबाट एमालेले फाइदा लिन सक्नुपथ्र्याे । तर गुटबन्दीका कारण सफल भएन । अध्यक्ष ओलीले मत खसालेको भक्तपुरको सुर्यविनायक होस् वा झापामा वडा प्रतिनिधिसमेत एमालेका भएनन् । केपी ओलीका प्यारा दुर्गा प्रसाईंजस्ता झण्डुले पार्टीको लागि केही गरेनन् । त्यसो त ईश्वर पोखरेलले मत दिएको धापासी–६ पनि कांग्रेसकै पोल्टामा गएको छ । शंकर पोखरेलको वडा दाङमा पनि माओवादीले जितेको छ ।
काभ्रेमा गोकुल बास्कोटालाई त्यस्तै चोट परेको छ । कास्कीमा खगराज अधिकारी, चितवनमा सुरेन्द्र पाण्डे, बुटवलमा विष्णु पौडेल, गुल्मीमा प्रदीप ज्ञवालीको घर गाउँका वडामा एमालेको वर्चश्व छैन । यस्तो स्थिति कांग्रेसमा पनि छ । तर त्यहाँ बागी बनेर कांग्रेसले नै चुनाव जितेका छन् । स्थानीय तहको चुनावी परिणामले जिल्लाको निर्वाचनलाई संकेत गर्दछ । यसपटक एमाले खस्किँदा माओवादी र कांग्रेसले स्थान लिएका छन् । एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले गठबन्धनबाट काठमाडौं र पोखरा बचाउन सकेको छैन । हेटौंडा उपमहानगरमा मेयर पद हात लगायो भने ठुलो उपलब्धी मान्नुपर्दछ । संगठन बचाउन नसके पनि गठबन्धनले एमालेलाई पराजित गराएकोमा खुसी हुन नेताले सक्छन् । तर झलनाथ खनालको वडामा भने इलाम गुमे पनि काठमाडौं १५ मा जित्न सक्ने उम्मेद्वार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *