काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आजसार्वजनिक भएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँको प्रतिद्वन्दी एमालेका तुलसीकुमारी कुंवरले छ हजार २२३ मत प्राप्त गर्नुभएको थियो ।
विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा कांग्रेस, एमाले र अर्कोमा नेकपा ९माओवादी केन्द्र०का उम्मेदवारले जित हासिल गरेका छन् । जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मतपरिणाम आउ बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।