वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै

राजनीति समाचार

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा ९एमाले०का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा०बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा ९एमाले० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *