प्राइम लाइफको शेयर संरचना परिमार्जन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । मर्जरमा जाने सम्झौता गरेको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको २७ लाख ७९ हजार ६१५ दशमलब ५८ संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो । शेयर संरचना परिमार्जन पश्चात कम्पनीमा संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ ।

यस अघि कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भइसकेको छ । मर्जरमा जाने भएपछि नेप्सेले तीनवटै जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *