सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुटको व्यवस्था

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *