भारतको कारण आफ्नै विमानस्थल घाँडो बन्दै

समाचार

काठमाडौं । भैरहवा विमास्थलको स्तर वृध्दी भएर क्षेत्रिय स्तरको अन्तर्राष्ट्रिय विमास्थल भएपछी लुम्बिनी दर्शन गर्न आउनेको संख्यासँगै नेपाल आउने पर्यटकको संख्यामा पनि बृध्दी हुने दाबी गरिएको छ र यस्तै दाबी निर्माणको अन्तिम चरणका पुगेको पोखरा विमानस्थलका सम्बन्धमा पनि गरिएको छ । तर यस सम्बन्धमा लामो समयदेखि नेपालले गर्दै आएको माग भारतले सम्बोधन गरेन भने यी दुबै विमानस्थल नेपालका लागि भालुको कम्पट हुनसक्ने स्थितिछ । भारतले अहिलेसम्म नेपाललाई सिमराबाट प्रवेश गर्ने एउटा मात्र आकास मार्ग दिएको छ । नेपालले बदलिदो परिस्थिति अनुसार भारतसंग सिमरा अतिरिक्त भैरहवा, नेपालगन्ज र महेन्द्रनगरबाट प्रबेश गर्ने गरी हवाई मार्ग मागेकोछ भारतले मागेअनुसार आकास मार्ग नदिदा भैरहवा आउने अन्तर्राष्ट्रिय उडानका विमानले सिमरा फन्को मार्नु पर्दछ र ती विमानले नेपाल छाड्दा पनि त्यसै गर्नु पर्दछ।यसो गर्दा यात्रुको थप पैसा र समय खर्च हुन्ज्छ । निर्माण भै राखेको पोखरा विमानस्थलको भौगोलिक अबस्था थप जटिल छ । पोखरा आउने तथा जाने विमानले सिमराकै हवाई मार्गलाई नै उपयोग गर्नु पर्दछ भने पोखरा विमानस्थलको भौगोलिक कारणले गर्दा वाईड बडी विमान बस्न र उडन सक्दैन । न्यारो बडी विमानले सेवा दिँदा महगों पर्न जान्छ । त्यसकारण पोखरा विमानस्थलको निर्माण सम्पन्न भएपछी नेपालको पर्यटन क्षेत्रले फडको मार्छ भन्नु विशुद्ध गफ हो । किनभने आजको जमानामा पर्यटक सकेसम्म सस्तो भाडामा यात्रा गर्न चाहान्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *