प्रचण्डलाई महासचिवको चयन चुनौतिपूर्ण हुँदा पदाधिकारी चयनबाट पन्छिँदै

प्रमुख राजनीति समाचार

शर्मा र पुनमध्ये कसले महासचिवमा वाजी मार्लान् ?
काठमाडौं । विभिन्न कला मन्थन गरेर छोरी रेणु दाहाललाई दोस्रो कार्यकालका लागि भरतपुर महानगरपालिकाको मेयरमा जिताउन सफल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीमा आपूmपछिको महत्वपूर्ण कार्यकारी पद महासचिवमा कसलाई ल्याउने भन्ने ठूलो चुनौति बन्न पुगेको छ ।

यही चुनौतिका कारण अध्यक्ष दाहालले विभिन्न बहानामा पार्टीका पदाधिकारीहरुको चयन प्रक्रिया अगाडि बढाउन सकिराखेका छैनन् । माओवादी केन्द्रको विधान अनुसार अध्यक्षको चयन निर्वाचन प्रक्रियाबाट हुने भएपनि पदाधिकारीको चयन भने अध्यक्षको सिफारिसमा केन्द्रीय कार्यसमितिले गर्दछ । तर, अध्यक्ष दाहाललाई महासचिवको कारणले गर्दा पार्टीका अन्य पदाधिकारीहरुको चयन गर्नसमेत कठिन परिराखेको छ ।

यही कठिनाई र चुनौपूर्ण स्थितिका कारण २० गते हुने केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्ने गरी तोकिएको बैठकले निर्णय गर्ने एजेन्डा तय भएको थियो । तर, समाचार सूत्रानुसार अध्यक्ष दाहालले महासचिवमा दावी गरिराखेका नेताहरुबाट चयन गर्न नसकेको कारण २० गते पर्ने केन्द्रीय कार्यसमिति बैठक पदाधिकारी चयनको एजेन्डामा प्रवेश नै नगर्ने भएको छ ।

उक्त बैठकमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा गर्ने नयाँ एजेन्डा तय भएको छ । महासचिवका लागि जनार्दन शर्मा र वर्षमान पुन प्रमुख दावेदारका रुपमा देखिएका छन् । यी दुई नेता बाहेक कृष्णबहादुर महरा, देव गुरुङ र पम्फा भुसालले महासचिवका लागि जोड गरिराखेका छन् ।

महरा, भुसाल र गुरुङलाई उपाध्यक्षलगायतका अन्य पदाधिकारीमा व्यवस्थापन गर्न सहज हुने भए तापनि वर्षमान पुन र जनार्दन शर्माको दावी महासचिवमा मात्र केन्द्रित भएकाले अध्यक्ष दाहाललाई यस सम्बन्धमा निर्णय गर्न कठिन भएको हो । समाचार सूत्रानुसार जनार्दन शर्मालाई अहिले सम्हालिराखेको अर्थमन्त्री र पार्टी महासचिवमध्ये एक छान्ने अवसर दिएर महासचिवबाट पन्छाउने रणनीति अख्तियार गर्न थालेको पनि बुझिएको छ ।

अध्यक्षपछि महासचिव कार्यकारी अधिकारको हिसाबले दोस्रो ठूलो र महत्वपूर्ण पद हो । यस हिसावले प्रचण्ड सक्रिय राजीतिबाट किनारा लाग्ने दिन नजिँकिन थालेसँगै रेणु दाहालले भरतपुर महानगरको मेयरको यो आफ्नो अन्तिम कार्यकाल भएको भनाइलाई यो मामिलामा अर्थपूर्ण मान्नुपर्छ ।

रेणु दाहाल महानगरको पाँचवर्षे कार्यकाल पूरा भएपछि अध्यक्ष दहालको उत्तराधिकारीको रुपमा हेडक्वाटरमा आउने सम्भावना रेणुको उक्त भनाई काफी देखिन्छ । यद्यपि रेणु र प्रचण्डका लागि जनार्दन शर्मा र वर्षमान पुन जो उपयुक्त मानिन्छ उसैको थाप्लोमा बाँकी महासचिवको जिम्मेवारी जाने सम्भावना रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *