धनगढी निर्वाचनको धक्का बुढानिलकण्ठमा

राजनीति समाचार

काठमाडौं । अन्य तहमा सघै गतवैशाख ३० गते धनगढी उपमहानगरमा पनि स्थानीय निर्वाचन सम्पन्न भएको छ । र, धनगढी उपमहानगरको निर्वाचन परिणाम पनि सार्वजनिक भइसकेको छ ।

निर्वाचन परिणामअनुसार नेपाली कांग्रेसको तर्पmबाट धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवार रहेका कैलाली कांग्रेस सभापति नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल मेयरमा निर्वाचित भएका छन् ।

धनगढीका सक्रिय र यी कांग्रेसीहरुलाई उपेक्षा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुको हस्तक्षेपमा कांग्रेसले धनगढीको मेयरमा नृप वडलाई उम्मेदवार बनाएको थियो । वडाको यो पराजयको असर स्थानीय कांग्रेसमाभन्दा बढी काठमाडौंको बुढानिलकष्ठस्थित प्रधानमन्त्री देउवा निवासस्थानमा परेको छ ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवा २०७४ सालमा आमनिर्वाचनमा धनगढी उपमहानगरको ९ वटा वडा समिति समेटेको क्षेत्र नंं ३ बाट उम्मेदवार भएकी थिइन् । यो क्षेत्र पूर्वमन्त्री तथा कांग्रेसका नेता पुष्करनाथ ओझाको समेत निर्वाचन क्षेत्र हो ।

२०७४ सालमा भएको आमनिर्वाचनमा यो क्षेत्रबाट आफूले नपाई प्रधानमन्त्री पत्नी आरजुले उम्मेदवारी पाएकोमा नेता ओझा रुष्ट बन्न पुगेका थिए । र, उनले आरजुलाई हराउने गोप्य रणनीति बनाएधा थिउ । आरजुका विरुद्धमा सक्रिय भएष्को भनेर नेपाली कांग्रेसले नेता ओझालाई पाँच वर्षका लागि साधारण सदस्यबाट निश्कासनसमेत गरेको छ ।

गत वैशाखको अन्तिम साता आफ्नो गृहजिल्ला डडेलधुरा जाने क्रममा धनगढी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेता ओझासँग भेटेर सम्बन्ध सामान्य बनाउने प्रायससमेत गरेका थिए । तर, लगभग पाँच हजार मतमा प्रभाव पार्ने नेता ओझाले निर्वाचन अगाडि भेट्न अस्वीकार गरेका थिए ।

प्रधानमन्त्री पत्नी आरजुको स्वार्थ र इच्छामा नेपाली कांग्रेसले मेयर उम्मेदवार बनाएको वडको पराजयमा नेता ओझाको पनि बलियो भूमिका रहेको बताइन्छ । अब मंसिरमा हुने आमनिर्वाचनमा पनि यसैगरी नेता आझाले आरजुको चुनावमा असर पार्ने निश्चित देखिन्छ । यसैकारणले गर्दा धनगढी उपमहानगरमा कांग्रेस जिल्ला सभापति नृप वडको पराजयको सबभन्दा ठूलो धक्का काठमाडौंको बुढानिकलकष्ठमा परेको छ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *