यो वर्ष पनि दलालको कारण मलको हाहाकार ?

राजनीति समाचार

काठमाडौं । यतिखेर किसानहरुलाई धान रोपाईं गर्न भ्याइनभ्याई हुनथालेको छ । नेपालको प्रमुख बाली मानिएको धान खेतीप्रति मुलुकका अधिकांश कृषकहरु आबद्ध छन् । कृषि देश भनेर चिनिने मुलुकमा धान खेतीलाई प्रमुख बाली पनि मानिन्छ । तर, ६० प्रतिशतभन्दा बढी किसान भएको यो मुलुकमा कहिल्यै पनि आवश्यक परेको समयमा मल उपलब्ध हुँदैन ।

साठी प्रतिशत बढी किसान भएको यो मुलुकमा कहिल्यै पनि आवश्यक समयमा मल उपलब्ध हुँदैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगै किसानसँग समम्बन्धित अन्य सरकारी निकायहरु मलको जोहो गर्नेभन्दा कमिसनको चच्कारित लाग्दा किसानले विकासे मल पाउन नसकेका हुन् ।

नेपाल आवश्यक मलको भुक्तानी नसक्दा अलिसम्म आउन सकेको
विगतमा कृषि तथा पशुपन्छी मन्त्रालयको अगुवाइमा र हरेक असार महिनासँगै नेपालका किसानलाई धान रोप्ने भन्दा पनि विकासे मल खोज्ने चटोरो हुने गर्दथ्यो । किसानको यो समस्यालाई समाधान गर्न भनेर सरकारले गत फागुनमा
उता जनताको प्रतिनिधि संस्था प्रतिनिधि सभाभने कृषिलाई रमाइराखेको अहिले नपाउको सामान्य छलफल समेत भएको छैन ।

यो अवस्थालाई समाप्त पार्न भनेर गत फागुन महिनामा नेपाल र भारत सरकारबीचमा पाँच वर्षका लागि रासायनिक मल खरिद–बिक्री गर्ने सम्झौता भएको थियो । कृषि मल सम्बन्धमा दुईबीच सम्झौता भए तापनि अहिलेसम्म नेपाली किसानले रोप्न थालेको धानका लागि रासायनिक मल प्राप्त गर्न सकेका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले या असारमा पनि धानखेतीका लागि रासायनिक मल सहज रुपमा प्राप्त गर्न नसक्ने बताइएको छ ।

नेपाल–भारतबीच बेलैमा मल उपलब्ध गराउने सम्झौता भएपनि भारतको सम्बन्धित मन्त्रालयले रासानिक मलको मूल्य बक्यौता समयमै गर्न सुझाएको थियो । नेपालले आवश्यक मलको भुक्तानी गर्न नसकेको कारण अहिलेसम्म भारतबाट रासानिक मल आउन नसकेको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालयको अगुवाइमा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरुसँग कृषि मलका लागि सम्झौता हुने गरेको र त्यसका लागि सम्बन्धित कर्मचारीहरुले कमिसनको मोलमोलाई गर्ने गरेकाले कहिल्यै पनि रासानिक मल नेपालमा समयमै आउन सकेको छैन ।

हरेक असार महिनासँगै नेपालका किसानलाई धान रोप्नेभन्दा पनि विकास मल खोज्ने चटारो हुने गर्दथ्यो । किसानको यो समस्यालाई समाधान गर्न भनेर नेपाल सरकारले गत फागुनमा भारत सरकारसँग पाँच वर्षका लागि रासानिक मल खरिद गर्ने सम्झौता गरेको थियो ।

तर, कृषि मल खरिदबाट आउने कमिसनमा रमाउने गरेको स्वदेशी तथा विदेशी कमिसनखोरहरुले यो पटक पनि भारत सरकारसँग सम्झौता भएको रासानिक मललाई नेपाल आउनबाट अबरोध पु¥याइराखेका छन् । यसरी कृषि प्रधान देश नेपालका किसानहरु यो असारमा पनि धान रोपाइँसँगै रासानिक मल छर्नबाट बञ्चित हुने अवस्था आउने निश्चित छ ।

उता जनताको प्रतिनिधित्व गर्ने संस्था प्रतिनिधि सभा भने कृषिलाई प्राथमिकता दिएर सरकार अगाडि बढ्ने भन्ने झ्याली पिटेर रमाइराखेको छ । अहिलेसम्म किसानले धान रोपाइँसँगै आवश्यक पर्ने रासानिक मल नपाएको अवस्थाका सम्बन्धमा सामान्य छलफलसमेत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *