सिर्जना हार्दा प्रकाश र गगन धक्का

समाचार

काठमाडौं । नेपाली कांग्रेसले सम्पन्न निर्वाचनमा पहिलो स्थानमा आउने गरी सन्तोषजनक परिणाम ल्याएको छ । तर काठमाडौं महानगरमा कांग्रेसले मेयरको उम्मेदवारमा उठाइएकी प्रकाशमान सिंह पत्नी सिर्जना सिंहले भने विजय मात्र हात पार्न सकिनन् की दोस्रो स्थान समेत प्राप्त गर्न सकिनन् । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनको महानगरको सम्पूर्ण परिणाम आई सकेपछि गत सोमबार बालेन्द्र शाहले मेयर र सुनिता डंगोलले अस्ति सोमबार पदको सपथ समेत ग्रहण गरिसकेका छन् । महानगरको मेयरमा पार्टीले अगाडि सारेको सिर्जना सिंहको पराजयले आगामी मंसीरमा हुने आम निर्वाचनमा प्रकाशमान सिंह र गगन थापाको परिणाममा असर पर्न सक्ने विश्लेषण काठमाडौंबासीले गर्न थालेका छन् ।
स्थानीय निर्वाचनको क्रममा आफ्नो क्षेत्रमा कतै पनि गगन थापाले कांग्रेसका उम्ेमदवारलाई विजय बनाउन सकेनन् भने प्रकाशमान सिंहले पनि आफ्नो विशेष प्रभाव रहेको क्षेत्रमा पत्नी सिर्जना सिंहको पक्षमा मत तान्न सकेनन् । काठमाडौं जिल्लाको कांग्रेस राजनीतिमा बलियो पकड राख्ने प्रकाशमान सिंहले २०७४ सालमा सम्पन्न भएको स्थानीय निर्वाचनमा पनि काठमाडौंको मेयरमा आफू निकटका राजाराम जोशीलाई उम्मेदवार बनाएका थिए । र, जोशी पनि एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यसँग २० हजार भन्दा बढी मत अन्तरले पराजित भएका थिए । सम्पन्न स्थानीय निर्वाचनमा पनि सिर्जना सिंह स्वतन्त्र उम्मेदवार बलेन्द्र शाहसँग लगभग २२ हजार मत अन्तरले पराजित भएका छन् र सिर्जनाको पक्षमा प्रकाशमान सिंह र गगन थापाको निर्वाचन क्षेत्रबाट निराशाजनक मत आएको थियो । र, अब यसको असर आगामी मंसीरमा हुने आम निर्वाचनमा प्रकाशमान र गगन थापाको निर्वाचनमा पर्न सक्ने विश्लेषण हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *