माओवादीमा अड्कियो रेणुको भविष्य पार्टीलाई दोस्रो बनाउने खेलमा प्रचण्ड

समाचार

काठमाडौं । स्थानीय निर्वाचन अगाडि माओवादी केन्द्रको सचिवालय बैठकले यही जेठ २० गते बस्ने केन्द्रिय कार्य समितिको बैठकले महासचिव लगायतका पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । तर स्थानीय निर्वाचन सम्पन्न भए लगत्तै बसेको स्थायी समितिका वर्तमान र पूर्व सदस्यहरुको बैठकले अब पार्टी पदाधिकारीहरुको चयन आगामी असारमा बस्ने केन्द्रीय कार्य समितिको बैठकले तय गर्ने निर्णय गरेको छ । तर असारमा कहिले केन्द्रिय कार्य समितिको बैठक बस्ने भन्ने सम्बन्धमा भने उक्त बैठकले मिति तय गरेको छैन । गत मंसीरको अन्त्यमा बसेको माओवादी केन्द्रको महाधिवेशनले सर्वसम्मतिबाट अध्यक्षमा प्रचण्डलाई चयन गरेको भएपनि पार्टी विधान अनुसार अध्यक्षको प्रस्ताव अनुासर केन्द्रिय कार्य समितिबाट पदाधिकारी चयन हुनुपर्दछ । तर अध्यक्ष प्रचण्डलाई खास गरेर महासचिव चयन गर्न कठिनाई परी राखेको छ । यही कारणले गर्दा नै पदाधिकारी चयन गर्न बस्नु पर्ने केन्द्रिय कार्य समितिको बैठक निरन्तर रुपमा पछाडि धकेलिँदै गएको छ । सर्वोच्च अदालतले २०७७ साल फाल्गुणमा गरेको निर्णय अनुसार नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी विघटन भएपछि प्रचण्ड नेतृत्वको नेकपा माओवादी पुनःअस्तित्वमा आएको थियो । सर्वोच्च अदालतको निर्णयबाट पुनः अस्तित्वमा आएदेखि नै अध्यक्ष दाहालले अन्य पदाधिकारीको चयन नगरी पार्टी संचालन गर्दै आएका छन् । गत मंसीरमा महाधिवेशन भएर सर्वसम्मतिबाट प्रचण्ड अध्यक्षमा चयन भएका भएपनि उनलाई महासचिव लगायतका अन्य पदाधिकारी चयन गर्न ठूलो चुनौती भई राखेको छ ।
अध्यक्ष पछिको दोस्रो महत्वपूर्ण कार्यकारी पद महासचिवका लागि वर्षमान पुन र जनार्दन शर्माको बलियो दाबेदारी रहेको छ र यो पदका लागि पम्फा भुसाल, देव गुरुङ र कृष्ण बहादुर महराको पनि रहेको छ । तर यो पदका लागि पुन र शर्मा नै बलिया उम्मेदवार मानिन्छन् । भरतपुर महानगरको मेयरमा दोहो¥याएर निर्वाचन भएकी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहालले आगामी स्थानीय निर्वाचनपछि महानगरको जिम्मेवारी नलिने पदको सपथ ग्रहण गर्दा नै स्पष्ट पारेकी छन् । मेयर दाहालको यो भनाईले आगामी पाँच वर्षपछिबाट उनी केन्द्रको राजनीतिमा प्रवेश गर्ने छन् । र, अध्यक्ष प्रचण्डले छोरी रेणुलाई आफ्नो उत्तराधिकारी बनाउँदै पार्टी अध्यक्ष बनाउने र उनी सक्रिय राजनीतिबाट अलग हुने सम्भावना पनि रहेको देखिन्छ । यो अवस्थामा अब चयन भएर जिम्मेवारी सम्हाल्ने महासचिवले सहज रुपमा रेणु दाहाललाई पार्टी अध्यक्ष स्वीकार गर्न नसक्ने स्थिति आउने भएकै कारण अध्यक्ष प्रचण्डलाई महासचिव चयन गर्न कठिनाई परी राखेको छ । यसैगरी नारायणकाजी श्रेष्ठको व्यवस्थापन पनि अध्यक्ष प्रचण्डका लागि ठूलो चुनौती बनेको छ । अहिले वरियता क्रममा दोस्रो तहमा रहेका तर पार्टी प्रवक्ताको जिम्मेवारीबाट हटाईका श्रेष्ठको दाबी पनि अध्यक्ष पछिको दोस्रो महत्वपूर्ण कार्यकारी पद महासचिवमा नै रहेको छ । तर दश वर्षे सशस्त्र द्वन्द्वमा सहभागी नभएको भन्दै उनको नेतृत्व स्वीकार नगर्ने चेतावनी माओवादीका कतिपय कार्यकर्ताले दिई राखेका छन् । अध्यक्ष प्रचण्डलाई आफ्नो छोरीको भविष्य समेत सुनिश्चित गर्ने गरी पार्टीमा महासचिव चयन गर्न कठिनाई परी रखेको छद भने नारायणकाजी श्रेष्ठको व्यस्थापन पनि उनका लागि अर्को चुनौती बन्न पुगेको छ । यो समस्याले निकास नपाएकै कारण माओवादी केन्द्रमा महासचिव सहितको पदाधिकारीको चयन अहिलेसम्म हुन सकेको छैन । यही २० गते स्थानीय निर्वाचनपछि बस्ने केन्द्रिय कार्य समितिले पदाधिकारी चयन गर्ने समयतालिकाम निश्चित गरिएको भएपनि पदाधिकारी चयन गर्ने विषयमा अध्यक्ष दाहाललाई आई परेको चुनौतीले निकास पाउन नसकेको कारण पर्सि २० गते बस्ने केन्द्रिय कार्य समितिको बैठकले सम्पन्न स्थानीय निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम र गठबन्धनको भूमिकामा छलफल गर्ने एजेण्डा मात्र तय भएको छ । र, अब असारमा बस्ने केन्द्रिय कार्य समितिले पदाधिकारी चयन गर्ने छ भनिएपनि अध्यक्ष प्रण्डले आगामी महाधिवेशन पछि छोरी रेणुको भविष्य माओवादीको केन्द्रिय पदाधिकारीमा सुनिश्चित नभए पदाधिकारी चयनलाई अरु पछाडि धकेल्ने स्थिति रहेको छ ।
सम्पन्न स्थानीय निर्वाचनको परिणामबाट उत्साहित बन्न पुगेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले आगामी आम निर्वाचनमा पार्टीलाई दोस्रो स्थानमा लैजाने योजना बनाएका छन् । यसका लागि सम्पन्न स्थानीय निर्वाचनमा जस्तै माओवादीले पाँच दलको गठबन्धनलाई उपयोग गर्ने योजना पनि अध्यक्ष प्रचण्डको रहेको छ । यही कारणले गर्दा गठबन्धनका अन्य दलका नेताहरुले भन्दा चर्को स्वरमा गठबन्धनलाई आम निर्वाचनसम्म निरन्तरता दिनुपर्छ भन्ने तर्क माओवादी केन्द्र अध्यक्ष प्रचण्डले गरी राखेका छन् । यही तर्क माओवादी अध्यक्ष प्रचण्डले अस्ति सोमबार बसेको गठबन्धनको बैठकमा पनि दोहो¥याएका छन् । तर सम्पन्न चुनाव परिणामलाई लिएर गठबन्धनक दुई दल एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरु भने उत्साहित छैनन् । जनता समाजवादीका अध्यक्ष माधव नेपाल लगायत यो पार्टीका अन्य नेताले गठबन्धनको भावना अनुसार सम्पन्न निर्वाचनमा कांग्रेस र माओवादीबाट आफ्नो पार्टीका उम्मेदवारले सहयोग नपाएको गुनासो गरी राखेका मात्र छनन् की एक्लै चुनाव लडेको भए यो भन्दा राम्रो परिणाम ल्याउने दाबी पनि यी नेताहरुले गरी राखेका छन् । यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका उम्मेदवारलाई जनकपुर उपमहानगर र विराटनगर महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेसले सहयोग नगरेको आरोप लगाई राखेका छन् । जनता समाजवादीका अध्यक्ष यादवले लगाएको यो आरोपको स्पष्ट जवाफ नेपाली कांग्रेसले अहिलेसम्म दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *