प्रहरी बढुवामा हस्तक्षेप गर्दै, विद्रोह निम्त्याउँदै् अख्तियार र बालुवाटारको दबदबा

समाचार

काठमाडौं । नेपाल प्रहरीमा प्रधानमन्त्री शेरबहादुर देउवाको मन जितेपछि बढुवा खान पाइन्छ । तर त्यस्तो बढुवामा एसएसपी अशोक सिंहजस्तो भ्रष्टाचारी परेका छन् । काठमाडौं परिसरको अवस्था कमजोर बनाएका सिंहलाई विचारै नगरी प्रधानमन्त्री देउवाले २०५२ सालपछिको लटबाट कसरी डीआईजीमा पहिलो बनाउनुपर्छ भन्न सके भन्ने कुरा प्रहरीभित्रै हल्लीखल्ली छ । यसपटक भागवण्डामा नेकपा एसले पनि एआईजी पाउँदैछ । त्यो समूहबाट माधव नेपालसँग जोडिएका उत्तम सुवेदी एआईजी हुनेछन् । बालुवाटारमा पैसा असुल्ने काम भएको छ । अख्तियारका आयुक्त जयबहादुर चन्द पहिला आईजीपी बन्ने बेलामा करोडौं असुल्न अशोक सिंहजस्ता भ्र्रष्टाचारी एसएसपी खटाएका थिए ।
प्रहरीलाई नेपाली कांग्रेसको गोटी बनाएर स्थानीय चुनाव सम्पन्न गरेको बेला जुवजाडेको चेक काण्डमा रमाएका एसएसपीलाई बोकेर प्रधानमन्त्री देउवाले चुनावको मुखमा विद्रोह गरे भने नौलो हुँदैन । विश्व पोखरेल वरिष्ठता भएर पनि कांग्रेसका नेता डा.शेखर एमालेका नेता ईश्वर पोखरेलसँग सुमधुर सम्बन्ध छ । डीआईजीको बढुवा हुँदैन । त्यहाँ २०५१÷५२ सालको टोली छँदाछँदै बालुवाटारकै दबाबमा लुम्बिनी प्रदेशमा डीआईजीको काम गर्न एसएसपी रोजनाथ बास्तोलालाई पठाएको अवस्था छ । अरुण बिसी, दिवेश लोहनी, पुजा सिंह, मुकुन्द आचार्य एआइृजीको लागि सिफारिस भएपनि फुली लगाउने दिन जाँदैछ । धिरजप्रताप सिंह, रविन्द्र धानुक, विश्व पोखरेल, सहकुल थापा घर गइसकेका छन् । पोखरेलले एमालेको गु्रपबाट फाइदा लिँदा कांग्रेस पार्टी हेरेको हे¥यै भयो । अहिले पालो धिरजको टिममा एआईजीको ३ दरबन्दी थपेर एआईजी आईजीपी बनायो । वरिष्ठ हुँ भन्दै मख्ख परेका पोखरेल अन्यायमा परे । सर्वाेच्च जाँदा कसैले ठाडो कान लगाएका छैनन् ।
बालुवाटारमा आरजु म्याडमको कारण बद्नाम हुँदैछ । गृहमन्त्री बालकृष्ण खाँडले यो मन पराएका छैनन् । मञ्जु खाँड र आरजु म्याडमलाई गृह छाडिदिने हो भने सबैतिर ध्वस्त हुने कांग्रेसका नेता बताउँछन् । अपराध शाखामा बसेर सुन तस्करलाई सहयोग गरेका दिवेश लोहनी निलम्बन फुकुवा भएपछि पैसा पेलेर डीआईजी भएका छन् । प्रहरीमा उत्तमराज सुवेदीको वास्ता गरिएको छैन । राम्रै काम गर्ने पनि प्रहरीमा छन् । मीरा चौधरी, बसन्त कुँवरलगायत थपिने चार जनामा राजनाथ बास्तोला, अशोक सिंह, विष्णुकुमार केसी, चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, यज्ञ विनोद पोखरेलहरुबाट छनौट हुनेछन् । कतै एमालेका नेता एवं अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई आयुक्त जयबहादुर चन्दसँग जोडिएका छन् । राईले बोक्ने चन्द्रकुवेर खापुङ, टेकप्रसाद राई र टेकबहादुर तामाङ छन् । जनजातिले जनजाति बोक्छन् । जयबहादुर चन्दले उमेश जोशी, अशोक सिंहजस्ता व्यक्तिलाई बोक्छन् । किनकि चन्दको सिफारिस आरजु म्याडमको चेक सरह हुन्छ । किनकि प्रेम राई पछिका भागवण्डाका आयुक्तमध्येका चन्द नै धेरै मुद्दा तामेलीमा राखेर हजम गर्न सफल पात्रको रुपमा अख्तियारभित्र चल्ने गरेको छ । अख्तियारका कर्मचारीहरुले दीप बस्नेतको फोटोकपीको रुपमा चन्दलाई लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *