सचिवमा बढुवा हुँदै काण्डै काण्डमा फसेका रामआधार साह

समाचार

चाहे जनप्रतिनिधि हुन सांसद वा मन्त्री । ती हरेक पाँच पाँच बर्षमा जनताको दैलोमा गएर परीक्षा दिनुपर्दछ र निर्वाचित हुनुपर्दछ । तर निजामती कर्मचारीमात्र एक यस्तो क्षेत्र भयो जहाँ एक पटक छिरेपछि कम्तिमा २० बर्ष ढुक्कै । भ्रष्टाचार मुद्धा लागोस वा अन्य मुद्धा चलोस । सेटिङ मिलायो,उन्मुक्ति पायो र फेरि फर्कियो निजामती सेवामै । जस्तो यस अघि अकुत आर्जनमा डामिए,चन्द्रमान श्रेष्ठ । निजामती सेवाभित्रका सबैलाई जानकारी थियो कि उनले मालपोत कार्यालयबाट बैंकमा जम्मा गर्न लगेको पैसा बाटै बाट गायब गराएको बिषय । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धा सेटिङ मिलाएर जिते लगतै बढुवा सिफारिस समितिलाई प्रभावमा पारेर सचिव बढुवा भए । केही महिना सचिव बनेर घर फर्किए । उही ढंगले अहिले अर्का सहसचिव सचिवमा बढुवा खान हात धोएर लागेका छन् ।
गत सातामात्र सचिव बढुवा सिफारिस समितिले प्राविधिक तर्फका तीन जना सहसचिवहरुलाई सचिव बढुवाका लागि सिफारिस गरेको छ । अस्ति बिहिबार बसेको समितिको बैठकले सहसचिवत्रय सुर्जुकुमार वैद्य,रामआधार साह र विश्वबाबु पुडासैनीलाई सचिव बढुवाका लागि सिफारिस गरेको हो । यिनै देउवा सरकारले पालामा हो गत पुस ३० मा चार दिन पछि अवकाश पाउन लागेका सहसचिव शंकरप्रसाद खराललाई बढुवा गरेको थियो । जस्का कारण राज्यकोषलाई बार्षिक लाखौं चुना लागिरहने भएको छ । यसैगरी चोरबाटोबाट सचिव बनाइएका थिए महाश्रम शर्मा उनी त एक दिनका लागि सचिव बढुवा भएका थिए । अर्काे सहसचिव सूर्य आचार्य तीन दिनका लागि सचिव बनेका थिए । देउवा सरकारले नियम नमिचि बढुवा गरेको खण्डमा पहिलो नम्बरका वैद्य सचिवमा बढुवा हुनेछन् । कंथ नियम मिचिएको खण्डमा साह वा पुडासैनी सचिवमा बढुवा हुनेछन् । तीन दशकदेखि सरकारी सेवामा रहेका वैद्य लामो समय जल तथा मौसम विभागमा कार्यरत रहेका कर्मचारी हुन । उनले मौसम विभागको महानिर्देशक समेत चलाए । अहिले उनी जल तथा ऊर्जा आयोगमा कार्यरत छन् । बेलायतबाट स्नातकोत्तर पूरा गरेर स्वदेश फर्केका वैद्यसँग जल तथा मौसम विज्ञान विभागको जिम्मवारी सम्हालेको लामो समयको अनुभव छ । यस्तै साह अहिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । उनको ट्रायक रेकर्ड भने सकरात्मक छैन । साह कर्मचारी बृत्तमा बदनामी कमाएका पात्र हुन जो पटकपटक कारवाहीमात्र परेका छैनन जेलै गइसकेका छन् । उनी साह शाखा अधिकृत हुँदा नै पटकपटक नसिहत पाएका थिए । खराब आचरणका कारण २०६६ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको दुई ग्रेड घटुवाका लागि सिफारिश गरेको थियो । उनी गुणस्तर तथा नापतौल विभागको डिजी हुँदा नाकाबन्दीको समयमा पम्पहरूसँग मिलेर कालोबजारी गरेको समेत आरोपमात्र लागेन यही प्रकरणमा परेर जेलसम्म पुगेका थिए । यसरी भ्रष्टाचारमा डामिएका, जेल परेका व्यक्तिलाई अहिले सचिव बनाउने खेलो चल्दैछ । उनलाई काँग्रेसका नेता बिमलेन्द्र निधिहरुको साथ छ । कतिसम्म भने बिमलेन्द्र निधि गृहमन्त्री हुँदा प्राविधिक सेवाका साहलाई प्रशासन सेवामा लैजान खोजिएको थियो ।
यस्तै सचिवका दाबेदार विश्ववावु पुडासैनी लामो समय ९ बर्ष एउटै विभागमा बिताएका कर्मचारी हुन । हरेक मन्त्रालय अन्तर्गतका विभागमा सामान्यतया १ देखि २ बर्षमा महानिर्देशक परिवर्तन हुने भए पनि उनी नौ वर्ष नेपाल गुणस्तर तथा नापतौल विभागमा बसेका थिए । केही महिना अघि मात्र वाग्मती प्रदेशमा सरुवा भएको छ । दुई वर्ष उपमहानिर्देशक र सात वर्ष महानिर्देशकको रुपमा पुडासैनीले विभागमा बिताएका थिए । नेपाल गुणस्तर मापदण्ड बनाउने र गुणस्तर मापदण्डको नियमन गर्ने निकायको रुपमा रहेको विभागमा आर्थिक अनियमितता झाँगिएको गुनासो सुनिन्थ्यो । उनको समूहका प्राविधिक कोही पनि नभएजस्तो गरी ९ बर्षसम्म महानिर्देशक बनाइएसँगै उद्योगका कर्मचारीहरुले प्रश्न उठाउँदै आएका थिए । पेट्रोल पम्पमा ठगी मेसिन जडान गर्ने रामआधार साहको बहिर्गमनपछि पुडासैनी नै महानिर्देशक भएका थिए । उनी महानिर्देशक भएर गएसँगै विभाग अन्तर्गतको ऐन नियमलाई समयसापेक्ष सुधार गर्दै काम कारवाहीलाई चुस्तदुरुस्त बनाएका भन्नेहरु पनि छन् । यस्का अलवा पुडासैनीकै कार्यकालमा एलपीजी ग्यासको गुणस्तर मापदण्ड, स्ट्यान्डर्ड नापतौल ऐन, ४३ र ५३ ग्रेडका ओपीसी सिमेन्टका लागि छुट्टै नेपाल गुणस्तर मापदण्ड बनेको थियो। पहिला ३३ ओपीसी सिमेन्टको मात्र नेपाल गुणस्तर मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *