माछापुच्छ्रे बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याब र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

अर्थ/वाणिज्य समाचार

काठमाडौं। माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथल्याब र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा बिशेष छुट पाउने भएका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकले काठमाणौं प्याथल्याबबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५ प्रतिशतसम्म छुट पाउनेछन्।

त्यसै गरी ग्यालेक्सीबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकका ग्राहकहरूले यो छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *