नारायणी डेभलपमेन्ट बैंकद्वारा भरतपुरमा नयाँ शाखा सञ्चालन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले चितवनको भरतपुरमा नयाँ शाखा कार्यालय सञ्चालन गरेको छ । बैंकले ग्राहकहरुलाई थप सेवा, सुविधा उपलब्ध गराउने उद्देश्यले चितवनको भरतपुर नगरपालिका वडा नं. ३ पुल्चोकमा नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।

उक्त नयाँ शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुपति पौडेल र भरतपुर नगरपालिकाका जनप्रतिनिधिले संयुक्त रुपमा गरेका थिए । यो सँगै चितवन जिल्लामा नारायणी डेभलपमेन्ट बैंकको शाखा संख्या ५ पुगेको यस शाखाका शाखा प्रवन्धक बाशुदेव जोशीले जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *