प्रचण्डलाई भेट्न मेयर बालेन्द्र खुमलटार पुगे

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका नव निर्वाचित मेयर बालेन्द्र साहले पछिल्लो समय राजनीतिक दलका शिर्ष नेताहरुसँगको भेटलाई तीब्रता दिएका छन् । यसै क्रममा साहले शनिबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसाग भेटवार्ता गरेका छन् ।

साह प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटारमा पुगेका थिए । साह निर्वाचित भएपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।

साहले आफ्नो जित सुनिश्चित भएपछि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोटमा गएर भेटेका थिए । उक्त भेटलाई गोप्य राखिएको भएता पनि एमालेकै कार्यकर्ताहरुले तस्वीर सार्वजनिक गरि दिएपछि उनले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

बुधबार ओलीसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बिहीबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका साह आज अध्यक्ष प्रचण्डसँग भेट गर्न खुमलटार पुगेका हुन् ।

गएको सोमबार पद तथा गोपनियताको सपथ खाएर पदभार ग्रहण गरेका साहले त्यस लगै प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका थिए । सोही दिन महानगरपालिका नगरसभाको बैठक बसेको थियो । उक्त बैठकमा साहले प्रक्रियागत त्रुटी गरेको भन्दै केही वडाध्यक्षहरुले आलोचना गरेका थिए ।

काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि फोहोर व्यवस्थापनको लागि सिसडोल र बञ्चरेडाँडाका स्थानीयहरुसँग छलफललाई अगाडि बढाए पनि साह सफल बन्न सकेका छैनन् । शुक्रबार पनि साह र स्थानीवासीहरुकाबीच चर्का चर्की भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *