मन्त्री आलेद्वारा चलचित्र निर्माणका लागि सहयोग

राजनीति समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ फिल्म निर्माण गर्न आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा यस फिल्मको शुभमुहूर्त कार्यक्रममा उनले फिल्म निर्माणका लागि पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस फिल्मको शुभमुहूर्त गरेका हुन् । फिल्मको निर्देशन दिनेश डिसीले गर्दैछन् ।

‘सर्वजीत’ नामक चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ ।

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो ।

उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *