एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुको पद समाप्त हुँदै

राजनीति समाचार

काठमाडौं।  नेकपा (एकीकृत समाजवादी) ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ ।

पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने–हाम्रो पार्टीबाट सरकारमा सहभागी भएकाहरुलाई फिर्ता बोलाउने तयारी भएको छ ।

सरकारमा ६ महिनाभन्दा बढि समय व्यतित गरेका सबैलाई फिर्ता बोलाउँदैछौं । अहिले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबैको ६ महिनाभन्दा बढि समय भयो, उहाँहरु सबैलाई फिर्ता बोलाउँदैछौं ।

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् ।

त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् । उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ ।

बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *