आज प्रतिनिधिसभाको बैठक बस्दै

राजनीति समाचार

काठमाडौं । प्रतिनिधिसभाको ११औँ अधिवेशनको १६ औँ बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *