सडक विभागको महानिर्देशकमा फेरि ई. अर्जुनजंग थापा

प्रशासन समाचार

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक शिवहरि सापकोटाले उमेर हदका कारण गत वैशाख १७ गते अवकास पाएका थिए ।

सापकोटाले अवकास पाएसँगै सडक विभागको महानिर्देशक पद रिक्त रहेको थियो । त्यसयता सो रिक्त स्थानमा सडक विभागकै केशव नेपाललाई कायममुकायम दिइएको थियो ।

र, रोलक्रमका आधारमा पनि महानिर्देशक (डीजी) हुने पालो केशव नेपालकै थियो । सडक विभागको महानिर्देशक (डीजी) को लागि तीन जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसरी प्रतिस्पर्धा गर्नेमा सडककै तत्कालीन डीजी ई.अर्जुजंग थापा, केशव नेपाल र एडीबीका अर्जुनबाबु ढकाल रहेका थिए ।

हिजो सोमवार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन डीजी अर्जुनजंग थापालाई सडक विभागको महानिर्देशक (डीजी)मा युक्ति गरेको छ । यसरी सडक विभागको दुई पटक डीजी हुने अवसर प्राप्त भाग्यमानी अर्जुनजंग थापालाई मानिन्छ ।

रोलक्रमका हिसावले हेर्ने हो भने केशव नेपाललाई बनाउनुपर्ने थियो । तर, पहिला पनि सडक विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेको हैसियतले र कार्यदक्षताको आधारमा सोही पदमा अर्जुनजंग थापालाई महानिर्देशकमा नियुत्ति गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *