मन मिल्दा लभ, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने : सांसद चौधरी

राजनीति समाचार

काठमाण्डौ । नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौँवाले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गरिन् । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गरेकी छन् ।

उनले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको बताइन् । महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा स्मरण गराइन् ।

जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यही सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौँ, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६र६ महिना जेलमा कोचियो’, चौधरीले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *