राष्ट्रियसभामा चार संवैधानिक आयोगका प्रतिवेदन पेश

राजनीति समाचार

काठमाडौं । राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन २०७७÷७८, लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *