लाइसेन्स बनाउन महिनौं लाग्‍ने प्रक्रियाप्रति माओवादी सांसद् विश्वकर्माको आपत्ति

राजनीति समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गाकुमारी विश्‍वकर्माले सवारी सञ्‍चालन अनुमति पत्र (लाइसेन्स) लिने महिनौ लाग्ने प्रक्रियाप्रति आपत्ति प्रकट गरेकी छन् ।

उनले लाइसेन्स बनाउन किन महिनौँ कुर्नुपर्ने ? भनेर प्रतिप्रश्न तेस्र्याइन् । संसद्‍मा बोल्दै उनले प्रश्‍न गरेकी छिन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ । छिटो छरितो किन हुन सकेन ?’ उनले भनिन् ।

उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो दिन प्रणालीगत सुधार गर्नुपर्नेमा जोड दिइन् ।

सवारी लाइसेन्सको फारम भर्नै अहिले समस्या छ । यातायात व्यवस्था विभागले सेवालाई चुस्त नबनाएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *