रामचन्द्र
०७८ सालको स्थानीय निर्वाचनमा नेपाली कागे्रंसले २६६ स्थानीय तहमा विजय प्राप्त गर्दा नेकपा एमालेले २९४ स्थानमा विजय प्राप्त गरेको थियो । तर सम्पन्न स्थानीय निर्वाचनमा भने नेपाली काग्रेसले ३२९ तहमा विजयी हुदा एमाले २०४ तहमा सिमित भएकोछ । यो विशाल अन्तरलाई एमाले कित्ताले कागे्रंस,माओवादी सहितको पाच दलीय गठबन्धनको चुनावी मोर्चाबन्दीलाई प्रमुख जिम्मेवार मानेको छ । नेकपा एमालेको यो पराजयका लागि पाँच दलको गठबन्धन जिम्मेवार भएपनि प्रमुख भने होईन । यो कुराको पुष्टी निर्वाचन परिणामले नै गर्दछ । काठमाण्डौ महानगरका जनताले एमालेका उम्मेदवार केशब स्थापितलाई संगै गठबन्धले अगाडी सारेको काग्रेंस उम्मेदवार श्रृजना सिंहलाई समेत अस्वीकार गरेर बाईस हजार भन्दा बढीको मत अन्तरले स्वतन्त्र उम्मेदवार बलेन्द्र साहलाई जिताएका छन् । यसको अर्थ, जनता एमालेबाट मात्र होईन सबै दलको काम कारबाहीबाट सन्तुष्ट छैनन् । दलहरु मध्य पनि नेकपा एमाले सम्पन्न निवाचनमा कागे्रसं भन्दा १०४ तहले पछी परेको स्थितिले एमाले प्रति बढी नै असन्तुष्ट छन् भन्ने देखाउछ । यसका लागि केपी ओली नेतृत्वको साढे तीन बर्षको एमाले सरकारको शासन शैलीलाई जिम्मेवार मान्नु पर्दछ ।
०७४ सालमा शानदार विजय सहित सरकारको नेतृत्वमा पुगे संगै एमाले अध्यक्ष समेत रहेका केपी ओली आर्थिक रुपले स्वार्थी समुहको घेराबन्दीमा पर्न गए मात्र होईन, त्यसैमा रमाउन पनि रमाउन समेत थाले । त्यो समुहको आर्थिक स्वार्थ अनुसार हुने गरी तत्कालीन प्रधानमन्त्री ओलीबाट निर्णय मात्र हुने गरेन कि विभिन्न सामाजिक सस्थाको विधान समेत लाज नमानी सम्शोधन हुने क्रम समेत सुरु भयो । जनता भनेका चित्रगुप्त हुन ।नेताहरुको सबै कामको हिसाव राख्छन् । त्यही हिसावको परिणाम नै सम्पन्न चुनावमा एमालेले भोग्नु परेको हो । तर यसको अर्थ अरु दल दुधले नुहाएका छन भन्ने हाईन ।
०७४ सालको आम निर्वाचनमा नेकपा एमालेलाई ठूलो विश्वास गरेर अध्यक्ष ओलीलाई सत्ताको बागडोर जिम्मा लगाएका थिए । तर जनताको त्यो विश्वास माथि एमाले अध्यक्ष तथा मुलुकका तत्कालीन प्रधानमन्त्री ओलीले लाजै नमानी तातो पानी खन्याउने काम गरे माओवादीसँग एकीकरण गरेपछी दुई तिहाई निकटको नेकपा एमालेको अध्यक्ष भएका ओलीले सत्ताको नशामा एकपछी अर्को गलत काम गरे । यसको अर्थ कागे्रंस, माओवादी केन्द्र दुधले नुहाएका पार्टी हुन भन्न खोजेको भने होईन । यती समुह जस्तो ब्यापारिक समुहको संगै आफ्नो पनि आर्थिक स्वार्थ पुरा गर्नका लागि तत्कालीन प्रधानमन्त्री ओलीले नेपाल ट्रष्टको नियम नै संम्शोधन गरे । यसै गरी गिरीबन्धु टि स्टेटको झापा चार आली स्थित मुल्यवान जग्गा बिक्री गरेर कमिशन खानका लागि ओलीकी भूमिसुधार मन्त्री पदमा अर्यालले जग्गा सट्टापट्टा विधेयक समेत ल्याएकी थिईन । यसैगरी नामको अगाडी पीएचडीको बिल्ला लगाएका युवराज खतिवडालाई एमालेमा अर्को कुनै ब्यक्ती नै छैन जस्तो गरी सबै अबसर उपलब्ध गराएका थिए । तर सत्ताले मस्त भएका ओलीले सबै हिसाब किताव राखेका हुन्छन र त्यो हिसाब मौकामा खोल्छन भन्ने ओलीले भुसुक्कै विर्सिए जस्तो देखिन्छ ।
यी सब कारणलाई ध्यानमा राखेर एमाले अध्यक्ष ओलीले सम्पन्न निवाचनमा एमालेले भोगेको पराजयका निम्ति गठबन्धनलाई जिम्मेवार ठह¥याए आफुलाई पानी माथिको ओभानो मान्ने गल्ती नगर्दा नै राम्रो हुने देखिन्छ । यसैगरी सम्पन्न निर्वाचनमा ठूलो सफलता प्राप्त गरेको नेपाली कांग्रेसले पनि चुनावी अभिमान नराख्दा उसको हितमा हुने देखिन्छ । काठमाडौंका जनताले नेकपा एमालेसँगै नेपाली कांग्रेसका उम्मेदवारलाई समेत अस्वीकार गरेर प्रचण्ड मत सहित स्वतन्त्र उम्मेदवारी दिएका बलेन्द्र शाहलाई विजयी बनाएको घटनाको शिक्षा लिने काम एमाले र कांग्रेस दुबैले गर्न जरुरी छ । अर्थात् काठमाडौं लगायत धनगढी जनकपुर धरान जस्तो सचेत नागरिकको क्षेत्रमा कांगे्रस एमाले जस्ता बहुदलिय व्यवस्थाको स्थापनादेखि नै राजनीतिम सिण्डिकेट चलाउँदै आएका राजनीतिक दलका उम्मेदवारलाई अस्वीकार गरेर स्वतन्त्र नागरिकलाई विजयी गराउनुमा खास राजनीति सोच सन्निहीत रहेको छ भनेर सबैले बुझ्नु पर्दछ । काठमाडौं महानगर र तीन उपमहानगरको चुनाव परिणामले कांग्रेस, एमाले जस्ता ठूला दल जनताको नजरमा असफल सावित भई सकेका छन् । र, संसदीय राजनीतिको मान्यता अनुसार यी दलहरुले प्राविधिक रुपमा मात्र सफलता प्राप्त गरेका छन् भनेर बुझ्नु पर्दछ । राजनीतिक दलको गतिविधि प्रति आक्रोश र असन्तोष नभएकै कारणले गर्दा काठमाडौं जस्तो महत्वपूर्ण र सचेत स्थानमा समेत स्वतन्त्र उम्मेदवारले विजय प्राप्त गरेको र एक प्रकारले बहुदलिय पद्दतिलाई जनताले अस्वीकार गरेको रुपमा बुझ्नु पर्दछ । त्यस कारण आफूले विगतमा गरेको कमी कमजोरी र बदमासीलाई लुकाउने काम कुनै पनि राजनीतिक दलले गुर्नहुँदैन । यो गर्नु भनेको मुर्खता हो ।
संसदीय काल खण्डमा गलत काम गरेकै अहिले नेपाली कांग्रेस आकारले ठूलो भएपनि संसदीय व्यवस्थालाई स्वीकार नगरेको र उपयोग मात्र गरी राखेको माओवादी केन्द्रको पछि लागेर हिँड्नु पर्ने अवस्थामा पुगेको छ । यसैगरी २०७४ सालमा सम्पन्न भएको स्थानीय र आम निर्वाचनमा सानदार सफलता प्राप्त गरेको नेकपा एमालेले आफ्नो आधा हैसियत गुमाएको सम्पन्न स्थानीय निर्वाचनको परिणामले देखाएको छ । यो परिणामलाई विजयमा परिवर्तन गर्न एमाले अध्यक्ष ओलीले अहिलेको सत्तारुढ गठबन्धन भत्काएर कम्युनिष्ट गठबन्धन बनाउने कसरत गरी राखेका छन् । यस्तो कसरत गर्नु अगाडि एमाले अध्यक्ष ओलीले आफूले नेतृत्व गरेको सरकारको साढे तीन वर्षे कार्यकालको मूल्यांकण गरेर त्यही अनुरुप अगाडि बढ्नेतिर लाग्नु पर्दछ । यसो भयो भने मात्र एमाले अध्यक्ष ओली र ओली नेतृत्वको नेकपा एमालेको राजनीतिक भविष्य सुरक्षित हुन जान्छ । यसो हुन सकेन भने अहिले जसरी लमो समय प्रजातान्त्रिक आन्दोलन र अभ्यासमा बिताएको नेपाली कांग्रेस आफ्नो राजनीतिक स्वार्थ जोगाउनका लागि बन्दुकमा विश्वास गर्ने माओवादी केन्द्रको पछि लाग्ने अवस्था आएको छ । त्यो अवस्था एमालेले पनि भोग्नु पर्ने हुन सक्छ भन्ने हेक्का राख्न जरुरी छ । सबभन्दा ठूलो राजनीतिक दल भएर सरकारको नेतृत्व गर्दा गर्व गर्ने लायक एउटा पनि काम नगरेको र राज्यसत्ताको दुरुपयोग केही व्यापारी र व्यक्तिको नाममा गरेको मूल्य नेकपा एमालेले सम्पन्न स्थानीय निर्वाचनमा चुकाउनु परेको हो । त्यस कारण पाँच दलले गठबन्धन बनाएकै कारण एमालेले पराजय भोग्नु परेको हो भनेर आफ्नो गल्ती र बादमासीलाई ढाकछोप गर्ने असफल प्रयास नगर्दा नै राम्रो हुन्छ । किनभने कतिय तहमा एमालेले पाँच दलको गठबन्धनसँग सिधा प्रतिपश्पर्धा गरेर विजय प्राप्त गरेको अवस्था पनि छ ।