शेखरका प्रवक्ता पुरञ्जन कुर्लिए

समाचार

काठमाडौं । गठबन्धन सरकार फुटाएर कांग्रेस एक्लै स्थानीय तहमा जाँदा आधा सिट जित्ने हावादारी प्रचार र गाइखुरे विचार प्रस्तुत गर्ने डा.शेखर कोइरालाले आफु् पर्दा पछाडि बसेर पुरञ्जन आचार्यजस्ता हावालाई प्रवक्ता बनाएका छन् । काठमाडौंमा बसेर मारवाडी, तस्कर र राजस्वमाराहरुको पक्षमा ठाउँ कुठाउँ टुक्रिँदै हिड्ने यी आचार्य स्व.गिरिजा कोइराला प्रधानमनत्री हुँदा सचिवालयमा बसेर जुद्ध बारुण यन्त्रको जग्गा मारवाडीलाई ५१ वर्ष लिजमा दिने प्रयास गर्दा तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीले रोकिदिएपछि आचार्यले जोशीलाई भ्रष्ट शिरोमणिको उपाधी दिएर निकै प्रचार गराए । त्यो बेला धादिङको मलेखुतिर घर भएका विद्वान जोशीविरुद्ध हात धोएर लागेकै छन् । स्व.खुमबहादुरसँग जोडीएका ती विद्वानको मक्सद पुरन्जनको टिमको पक्षपोषण गर्नु थियो ।
आचार्यले काम गर्ने भनेर लिएको पैसा उठाउन नसकेपछि व्यापारीले मारवाडीको कार्यालयमै थुनेका थिए । राजनीतिको अनेक विश्लेषण गर्ने पुरञ्जनलाई डा.शेखरले मोरङबाट कांग्रेसको वडा समितिमै पार्टीको महाधिवेशन प्रतिनिधि बनाउन सकेनन् । अर्थात डा.शेखरको उर्दी पुरन्जनकै कुन्ठित चरित्रले कार्यकर्तालाई पचेन । उनी वडा तहमै पछारिए । आफु पार्टीको वडा तहमै हारेका फन्टुस नेता सिंह कांग्रेसको देशैभरको विश्लेषण गर्न लाज मान्दैनन् । जसले भारतीय डिजाइनमा चल्ने डा.शेखरलाई उचाल्दै छन् । तीनै शेखरलाई डा.शशांक र सुजाताले पत्याएनन् । डा.शेखर सभापति भएको भए भारतले एमालेको ओली गुटसँग कांग्रेसको गठबन्धन बनाउथ्यो । त्यो बेला सत्ता पक्षकै प्रतिस्पर्धी बिचमा देशभर काटाकाट हुन्थ्यो । भारतले चाहेको त्यही थियोे । अहिले पनि पुरञ्जन आचार्यजस्ता ढोंगी नेताहरु गठबन्धन फुटाउन न्वारनको बल लगाएका छन् । कांग्रेसभित्र महामन्त्री गगन थापा, विशवप्रकाश शर्मा, धनराज गुरुङ गठबन्धन विरुद्धमा छन् । उनीहरु कहीं न कहींका दूत बनेर पार्टी हुलदंगा गरेका छन् ।
कांग्रेसभित्र सत्तापक्ष र प्रतिपक्ष बिचको लडाइँ अहिले चर्काे उठेको छ । सभापति शेरबहादुर देउवाले गठबन्धनबाट ३ सय २७ प्रमुख÷अध्यक्ष कांग्रेसले जितेर पहिलो पार्टी बनेको गठबन्धनबाटै हो भनेका छन् । तर डा.शेखरका दूत पुरञ्जन भने एक्लै लड्दा ३७० प्रमुख अध्यक्षले चुनाव जित्ने कुतर्क गर्दैछन् । जसलाई पार्टी भित्र बेअर्थको राग भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *