प्रचण्डको इशाराले पौडेल अलपत्र

समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेताले चुनावमा एक्लै भिड्न सके कांग्रेसकै बहुमत आउने लिँडे तर्क गरिरहँदा आन्तरिक अराजकता मौलाएको छर्लंग हुन्छ । सभापति शेरबहादुर देउवाको टिमका अधिकाशं नेता सत्ता गठबन्धन टुटाउने नहुने बताइरहेका छन् । पार्टी केन्द्रीय समिति, महाधिवेशन, संसदीय दलले समेत संघीय चुनावमा अहिलेको गठबन्धन जारी राख्दा केपी ओलीको घमण्डले ध्वस्त भएको नेकपा एमाले संघीय चुनावमा समेत कमजोर हुने आंकलन गरिँदैछ । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्ड दाहालले कांग्रेस मातेको खण्डमा एमालेजस्तै हुन्छ भनेका थिए । त्यसको स्पष्टीकरण पौडेलले दिए गठबन्धन टुट्दैन ।
पौडेललाई संघीयता, गणतन्त्र, समावेशीताको पक्षमा भएको गठबन्धन बचाउन र व्यवस्था टिकाउनेभन्दा आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनकै सहारामा चुनाव जित्ने र अर्काे गठबन्धनको प्रधानमन्त्री बन्ने ध्याउन्न छ । उनको संगठन तनहुँमा विद्रोही नेता गोविन्दराज जोशीले भत्काइदिएको अवस्था छ । त्यो पनि डनवादी नेता शंकर भण्डारी पनि उनकै क्षेत्रका हुन् । कांग्रेस र जिल्लाको विकासमा रामचन्द्र, शंकर र गोविन्दभन्दा कमजोर छन् । नेता सबै जसो संस्थापन पक्ष अर्थात् शेरबहादुरको पक्षमा लागेर राजनीति गर्छन । तर रामचन्द्र पार्टीको १४औं महाधिवेशनमा एकाएक शेरबहादुर देउवाको पक्षमा खुल्दा डा.शशांक दंग परे । किनकि कोइराला परिवारको कृपामा राजनीति गरेका रामचन्द्रलाई राजनीतिमा ठुलो अवसर अब आउने छैन । प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौलासमेत शेरबहादुरको पक्षमा सुरुदेखि खुलेका भए रामचन्द्र अलपत्र पर्थे । तर सिटौला बाहेकका नेताहरुले सिंह र निधिले समेत डा.शेखरको विश्वास गरेनन् ।
एमाले नेतृत्व गठबन्धनबाट हतास छ । त्यो गठबन्धनले महानगरहरुको मेयर निर्वाचित गर्न सकेन । उपमेयरहरु राजनीतिभन्दा महिला भएकैले दयाको पात्र बनेका हुन् । एमालेको संगठन बलियो हो । तर नेतृत्वले प्रदर्शन गरेको अहंकार र दम्भले एमाले पछारियो । यसको फाइदा कांग्रेसले लियो । त्यहाँ कम्युनिष्ट पार्टीकै तीन घटक ओलीको घमण्डले फरक मोर्चामा पुगेका हुन् । यो थाहा पाएर पनि कांग्रेसको नाममा राजनीति गर्नेहरुले रामचन्द्रको पीडाबुझेका छैनन् कि बुझ पचाएका हुन् खोजी गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *