उद्योग मन्त्री चुपचाप, बजारमा मनपरी खाद्यान्नको मूल्य

समाचार

सविन बस्नेत
काठमाडौं । सरकारले स्थानीय चुनाव सम्पन्न गरेसँगै आगामी कात्तिक वा मंसिर महिनाभित्र संघ र प्रदेशको निर्वाचन गर्ने योजना बनाइरहँदा बजारमा खाद्यान्नदेखि अन्य सामानको मूल्य बढेको छ । सरकार चुनावमा केन्द्रीत भइरहँदा यस्ता जनसवालका विषयमा ध्यान दिएको छैन । बजार मूल्यले आकाश छोएको छ । घर घरमा महंगीले आक्रान्त पारेको छ । ठुला ठुला उद्योगीले मूल्य बढाएका छन् । पुराना म्याद गुज्रेका सामानहरुको नयाँ लोगो र मिति हालेर बिक्री वितरण गरेका छन् । मजदुरी गरेर खाने नेपाली मारमा परेका छन् । व्यापारीले होलसेलदेखि खुद्रा किराना पसलेले बजारमा सामान पाइँदैन भन्दै आएका छन् । बजारमा सामान छैन । बजारमा सामान कतै पाइएको छैन भन्दै चर्काे मूल्य असुल गर्दै आएका छन् । खाने तेल किनेर साध्य छैन । बजारमा खाना पकाउने ग्याँसको मुल्य बढेपछि न्यून स्तरका जनताले ग्याँस किन्न सक्ने अवस्था छैन । कर्मचारीको तलब बढेको छ । केही कर्मचारी खुसी छन् भने केही कर्मचारी अझै पनि दुखी छन् ।
खासगरुी कर्मचारीको तलब १५ प्रतिशतले बढेपछि सानो तहका कर्मचारी दुखि भएका छन् । शाखा अधिकृतदेखि सहसचिवसमम खु्सी छन् । पेट्रोल र डिजेलको कारण देखाउँदै यातायात व्यवसायीले भाडा बढाएका छन् । सर्वसाधारण जनताले यातायात चढ्न नसक्ने अवस्था आएको छ । बजारमा एक कप चियाको ३० रुपैयाँदेखि ४० रुपैयाँसम्म चिया पसलले लिने गरेका छन् । जारको पानीको मूल्य त्यसैगरी बढेको छ । बिजुलीबाट चल्ने साना सफा टेम्पुको समेत भाडा बढेको छ । बजारमा व्यापारीले सामान लुकाएर कालोबजारी चलाएका छन् । जनतालाई दुख दिएका छन् । यस्तै नेपालीहरुले प्रयोग गर्ने घरायसी सामानदेखि यावत सामानको मूल्य आकाशिएको छ । सरकारले आगामी साउनबाट बढी मूल्य लागु गर्ने भनेतापनि खाद्यान्नदेखि लत्ता कपडा, खैनी, चुरोट, गुटखा, अल्कोहलजस्ता सामानको मूल्य बढाएर बिक्री गर्न थालिसकेका छन् । यस विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारी र मन्त्री चुपचाप बसेका छन् । कतै बजार अनुगमन भएको छैन । ठुला ठुला व्यापारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई खुसी बनाएका छन् । उद्योगीले कर्मचारीलाई खुसी बनाएका छन् । उता आम नेपाली महंगीले गर्दा सामान किन्ने अवस्थामा छैनन् । यस्तै एक पीडित मजदुरी पेशा गर्ने व्यक्तिले भन्दै थिए, ‘हामी मजदुरी गरेर खाने वर्ग साह्रै मारमा परियो । हाम्रो कुरा कसले सुन्छ । बिहान ६ बजेदेखि चोकमा आएर केही काम पाइन्छ भनेर कुरेका छौं । तर सरकारले दुई दिन विदा दिएपछि सडकै सुनसान हुन्छ । यातायातका साधन पनि कम चलेका छन् । दिनभरी मजदुरी ग¥यो बेलुका एक लिटर खाने तेल किन्ने पैसा हुँदैन ।’
अहिले बजारमा खाद्यान्नदेखि अन्य आवश्यक सामानको मूल्य छोइसाध्य छैन । छोराछोरी कसरी पाल्ने, कसरी पढाउने भनेर आम गुनासो आउन थालेको छ । हुन पनि मजुदर, किसान, ज्यालादारी गरिखानेहरुलाई सरकारले कुनै प्याकेज ल्याउन सकेको छैन । मजदुरी गर्ने मात्र होइन, विभिन्न पेशा व्यवसाय गर्ने नेपाली महंगीको कारणले गर्दा विवश भएका छन् । कतिपय गरिब निमुखा, अनपढ, सोझासाझा जनताले एउटा सिटामोल किनेर खान नसक्ने अवस्था देखिँदै आएको छ । असार लाग्न लागेको छ, नेपाली किसानले खेती लगाउँदै आएका छन् । बजारमा अहिले तरकारी छ्ुयापछ्याप्ती पाइन्छ तर किनेर खाने क्षमता नेपालीमा छैन । गोलभेंडा १५० रुपैया किलो पर्ने गरेको छ । गोलभेंडासहित भ्यान्टा, बोडी, काउली, खुर्सानी, लसुन, प्याजजस्ता तरकारी भान्सामा किन्न नसक्ने अवस्था छ । यस्तै फलफुलहरु केरा, आँप, लिची, मेवा, स्याउहरु किन्ने अवस्था नेपालीमा छैन । उता दुग्धजन्य खाद्यान्नहरु किन्न सकिने अवस्था छैन । डिडिसीले उत्पादन गरेको घ्यू किलोकै एक हजार पर्ने भएको छ । विभिन्न खाने तेल आम नेपालीले किन्न सक्ने अवस्था छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *