अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबिच पानी बाराबार

समाचार

काठमाडौं । नेपालको अर्थतन्त्र चलायमान बनाउनु पर्नेमा दिनप्रतिदिन अर्थतन्त्र गिर्दो अवस्थामा छ । राजनीतिक दल र ब्यूरोक्रेसीबिचको मनमुटावले देशको अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा आर्थिक विचलन मन्दीको अवस्था छ । बिचौलिया र राष्ट्र बैंकका कर्मचारीदेखि विभिन्न बैंकका कर्मचारीको मिलेमतोमा नेपालको अथृतन्त्र धरासायी बन्दै आएको छ । राष्ट्र बैंकमा पुराना बिचौलिया हावी भएका छन् । राष्ट्र बैंकमा पुराना बिचौलियाको हावी भएको छ । राष्ट्र बैंक र अर्थमन्त्रीको टसलले गर्दा नेपालमा अर्थतन्त्र धराप बन्दै गएको छ । नेपाल सरकारको सूचना राष्ट्र बैंकका गभर्नरले चुहावट गराएर नेपालको अर्थतन्त्र धरासायी बनाएको आरोप छ । सूचना चुहाएको विषयमा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबिच टसल भएपछि अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई बर्खास्त गरेका थिए । पछि सर्वाेच्चका न्यायाधीशले महाप्रसाद अधिकारीलाई गभर्नरबाट नहटाउन आदेश दिएपछि अधिकारी पुनः राष्ट्र बैंकमा फर्किएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबिच पानी बाराबारको स्थिति रहेको बताइन्छ । यसले नेपालको अर्थतन्त्र चलायमान बनाउने भन्दा पनि नेपालको अर्थतन्त्र गिराउने अवस्था आउन सक्छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले समन्वयकारी भूमिका नबन्दासम्म देशको अर्थतन्त्र चलायमान बन्न सक्दैन । राष्ट्र बैंकले गर्दा २ करोड नेपाली जनता मारमा परेका छन् । नेपालमा शेयरमा लगानी गर्ने नेपाली २ करोडभन्दा बढी छन् । खासगरी बैंकका कर्मचारी हावी भएका छन् । राष्ट्र बैंक हावी हुँदा शेयरधनी मर्कामा परेका छन् । शेयरमा लगानी गर्ने र नेपालमा डिम्याट खाता खोल्ने नेपाली ५२ लाख पुगेका छन् । ५२ लाख नेपालीले प्यान नम्बर लिएका छन् । ५२ लाख नेपालीले डिम्याट खोलेका छन्् । तर २१ लाख नेपालीले प्यान नम्बर लिएका छैनन् । खासगरी नेपालमा लगानी गर्ने व्यक्ति मारमा परेका छन् । कतिपय शेयरधनीले शेयरमा लगाएको पुँजीमा गिरावट आएपछि शेयरधनीले शेयर विस्तारै बिक्री वितरण गरिराखेका छन् । दिनमा २२÷२४ अर्बको कारोबार भएको शेयर बजारमा अहिले १ अर्बबाट घटेर बजारमा सेयर कारोबार ओरालो लागेको छ । राज्यले पाउँदै आएको करसमेत गुमाएको अवस्था छ । राष्ट्र बैंक कर्मचारीदेखि बिचौलिया हावी भएपछि नेपालको अर्थतन्त्र धरापमा पर्दै गएको छ । बैंकहरुले लगानी गरेको प्रतिफल बैंकिङ क्षेत्रले उठाउन सकेको अवस्था छैन ।
नेपालमा डलरको अभाव देखाएर व्यापार घाटा देखाएर अर्थमन्त्री र गभर्नरको मनमुटावले देश टाट पल्टने अवस्था सिर्जना भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयकारी भूमिका खेल्न सकेन भने भोलिका दिनमा आईपर्ने समस्याको समाधान खोज्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *