व्यवसायिक रुपमा कृषि कर्ममा एउटा मात्रै काम गर्छु भनेर हुँदोरहेनछ । कुनै पनि सार्वजनिक पदमा बसेको एक जना मान्छेले त्यो पदको निर्दिष्ट काम मात्रै गर्छु भनेर हुँदैन । अरु संरचनाहरुसँग पनि काम गर्नुपर्छ । कहिलेकाहीँ त्यो पदमा भएको नाताले अन्य पदहरूको नेतृत्व पनि गर्नु पर्ने हुन सक्छ । त्यस्तै रहेछ कृषिकर्म पनि ।
हामीले ब्यबसायिक रुपमा किवि खेती गर्ने भनेर सुरुवात गरेका थियौं तर त्यो खेती प्रवद्र्धन गर्नको लागि अन्य कृषी कर्म गर्नु वाध्यता हुन पुग्यो । किविको लागि नभईनहुने कुरा मल हो । त्यसको लागि पशुपालन गर्नु पर्ने भयो । पशुपालनको लागि घाँसपालन । अनी पशुपालन गरे पछि दुधको व्यवसाय पनि गर्नु पर्ने भयो । अहिले ३ वटा दुहुनासहित ८ वटा भैंसी पाल्ने काम भैरहेको छ ।
किवीको विरुवा ६ देखि ८ मिटर फरकमा रोपिन्छ । त्यसको विचको जग्गा खाली रहन गयो । खाली रहेको जग्गामा खुर्सानी खेती गरियो । किवीका लागि नियमित सिचाई आवश्यक पर्दछ । पानी संचय गर्न पोखरी निर्माण गरियो । सानै भए पनि चल्ने थियो, ठाउँ छ अली ठुलो वनाई पानी टन्न संकलन गर्दा राम्रै हुन्छ होला भनी पोखरी निर्माण गरीयो । पानी जम्मा हुने सतह नैं १२०० वर्गमिटर भन्दा धेर भएछ । पोखरी किन खालि राख्ने भनेर माछा हालियो ।
किवीको रेखदेख गर्न मान्छे वस्नु परिहाल्छ भनी ६ कोठे २ तले एक घर निर्माण भयो । त्यो घरमा नियमित मान्छे परिवार सहित बस्ने प्रवन्ध पनि मिलाइयो । त्यो परिवारका लागि थप काम चाहियो । केही हाँस र कुखुरा पनि हालियो । अव हेरौं त, किवीको व्यवसायि खेती गर्न खोज्दा कति व्यवसाय झाँगिदो रहेछ । तपाइले गर्न खोजेको कृषि कर्मको आकार र क्षेत्र वढ्दा लगानी पनि वढि हाल्दो रहेछ । त्यसैले तपाइले वनाएको एक विषयको व्यवसायिक योजनाले काम गर्दा रहेनछ । केही रोपनीवाट काम थालेको अहिले १०० रोपनी भन्दा वढिमा कृषिसँग सम्वन्धीत विभिन्न व्यवसायिक कर्म गर्ने कोशिस भैरहेको छ ।
कृषि कर्म भित्र पसेर काम गर्न खोज्दा केही नीतिगत अवसर पनि हुँदा रहेछन् । कृषि कर्मको दायारा फराकिलो हुँदै जाँदा थप लगानी आवश्यक परिहाल्छ । यसका लागि व्याज दर छुटमा कृषि ऋण लिन सकिने प्रावधान छ तर त्यो लिन धेरै मुस्किल भैरहेको छ । तिन गुणा भन्दा वढिको धितो राख्नु पर्ने, अनी कृषि कम्पनी वा फार्मका सवै शेयर सदस्यको एकाघरका समेत जम्मा भैं वैंकमा उपस्थीत भैं ल्याप्चे गर्नु पर्ने वाध्यता छ । त्यो सवै मापदण्ड पूरा गर्न मुस्किल पर्दछ । अलि ठुलो आकारमा व्यवसाय गरौं भनेर धेरै जना साथी भाई जुटेर काम गर्न खोज्यो अनि ऋण लिने वेलामा यस्तो कठिनाइ आइ पर्दछ । सरकारले दिएको सहुलियत लिन सक्ने अवस्था भैराखेको छैन ।
सरकारी अर्को सहुलियत विमा हो । आफ्नो लगानी सुरक्षित गर्न सवैले चाहान्छन् । यसका लागि सरकारी प्रवन्धमा विमा आकर्षित खाल्को छ । वालिको विमा गर्दा वुझाउनु पर्ने शुल्कको ७५ प्रतिशत सरकारवाट व्यहोर्ने व्यवस्था छ । त्यसमा स्थानीय सरकारले पनि थपि दिएको छ । कृषि व्यवसायीले विमा शुल्कको १० प्रतिशत मात्र वुझाउँदा पुग्छ । तर वाली विमा गराउनु मुस्कील रहेछ । केही गरी गराइहालियो भने पनि त्यस वापतको दावि लिनु पर्ने अवस्था आएमा फलामको च्यूरा चवाउनु सरह हुँदो रहेछ । कृषि वालीको विमा गर्न जिम्मेवारी पाएका कम्पनी तयार हुँदैनन् । त्यो कम्पनीको केन्द्रीय कार्यालयले जिल्ला शाखालाई वाली विमा नगराउनु भन्दछ । पशु विमाका लागि तयार भएको पाइयो तर वालि विमा पटक्कै गराउन चाहाँदैनन् । कसै गरी गराएछन् भने पनि दावी लिन धेरै मुस्कील मात्र होइन असंभव जस्तै हुँदो रहेछ । भैंसी वाहेक अरु कुनै वालिको पनि गर्न सकिएन । हामी हाम्रा सवै वालीको विमा गराउन चाहान्छौं तर खैं ?
कृषि कर्ममा उचित मूल्यमा गुणस्तरीय विउ विजन पाउन मुस्कील छ । त्यती कैं मुस्कील हुन्छ वजारको लागि । किवी कहाँ लगेर वेच्ने चिन्ता छ । भैसी पालेर दुध घर घर डुलाएर हिड्दा पनि कहिलेकांही विक्री नभएर विजोग हुन्छ ।
कृषिमा सेवा प्रदायक निकायहरु नहुँदा पनि असजिलो भएको छ । कृषि प्राविधिकको उपलव्धता अर्को कठिन भएको छ । सवै काम भगवान भरोसा वा अनुभवमा मात्र केन्द्रीत हुनु परेको छ । जती काममा विविधता ल्यायो त्यती नैं जटिलता आउने रहेछ । फेरी पनि कृषी व्यवसायमा अरु पसल जस्तो चप्पल मात्र वेच्छु भनेर हुँदैन । धेरै कर्महरु कृषिमा एक आपसका परिपुरक वा जेलिएका हुन्छन् ।
किवीवाट थालनी भएको हाम्रो कृषी कर्मको यात्रा झाँगिँदैछ । ७५० वटा विरुवा सहितको किवी खेती, अकवरे खुर्सानी, माछापालन, एभोकाडो, चुच्चे ओखर अनी टिम्वुर खेती समेत सुरुवात भैं १०० रोपनी भन्दा वढिमा काम भैरहेको छ । सदरमुकाम चरिकोटको सातडोवाटो चोकवाट ४ किमीको दूरीमा भएकोले कृषि पर्यटनको रुपमा विकास गर्ने कोशिस समेत भैरहेको छ । धेरै तिर हातहाल्नु पर्दा कुनै पनि काम व्यवसायिक हुन नसकी उही पहिला कैं जिविकोपार्जनका लागि मात्र कृषि होला कि भन्ने चिन्ता वढेको छ । तथापी कृषि कर्मका धेरै आकर्षणहरु छन् । उत्पादनसँग जोडिँदा कम्तीमा आत्मसन्तुष्टी लिन सकिन्छ । त्यती मात्र होइन, विउ विजन र वजारको सुनिश्चीतता राज्य पक्षवाट हुने हो भने पनि कृषि कर्मवाट नेपाललाई आत्मनिर्भर उन्मुख वनाउन सकिने संभावना देखिन्छ ।