देउवा सरकारमा मडारिन थाल्यो बादल

राजनीति समाचार

सरकार जोगाउन लोकतान्त्रिक समाजवादीलाई समावेश गरिँदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टीले प्राप्त गरेको सफलताबाट उत्साहित भएर आगामी कात्तिकको अन्तिम र मंसिरको पहिलो साता आमनिर्वाचन सम्पन्न गर्ने मनस्थितिमा पुगेका छन् । र, त्यहीं योजनाअनुसार पार्टीका शीर्ष नेताहरुसँगै गठबन्धनका नेताहरुसँग समेत छलफल अगाडि बढाएका छन् ।

प्रधानमन्त्री देउवाले यसरी आमनिर्वाचन पछि उत्साहित भइरहँदा उनले नेतृत्व गरेको सरकारमा खतरा उत्पन्न हुने संकेत देखापर्न थालेको छ । सोही कारणले गत जेठ २२ गते एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको तर्पmबाट सरकारमा सामेल भएका मन्त्रीहरु हेरफेर गर्ने प्रस्तावलाई प्रधानमन्त्री देउवाले संसद् अधिवेशन चालु रहेको भन्दै तत्कालका लागि टारिदिएका छन् ।

समाचास्रोतका अनुसार अध्यक्ष माधव नेपालले प्रस्ताव गरेअनुसार एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गर्न राखेको प्रस्ताव देउवा नेतृत्वको वर्तमान सरकारमा संकट उत्पन्न हुने स्थिति थियो । मन्त्री पद गुमेको अवस्थामा पर्यटन मन्त्री प्रेमबहादुर आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठले एकीकृत समाजवादी परित्याग गर्ने सम्भावना बलियो थियो ।

र, एकीकृत समाजवादीका सांसद्ले पार्टीका अन्य सांसदलाईसमेत लैजाने स्थिति थियो । किन भने उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन भत्काउन विभिन्न प्रयास गरिराखेको अवस्था छ । यही कारणले पनि प्रधानमन्त्री देउवाले चालु अधिवेशनको कारणलाई अगाडि सार्दै गठबन्धनको मान्यताविरीत एकीकृत समाजवादीको तर्पmका मन्त्री हेरफेर गर्न अस्वीकार गरेका हुन् ।

यसबाहेक आगामी कात्तिक, मंसिरमा हुने आमनिर्वाचनलाई ध्यानमा राखेर प्रधानमन्त्री देउवा मन्त्रिपरिषद्मा नै ठूलो परिवर्तन गर्ने पक्षमा छन् । सरकारको एउटा गठबन्धन एकीकृत समाजवादीमा सरकार हेरफेरको दबाब परेसँगै नेपाली कांग्रेसमा पनि अहिलेसम्म मन्त्री हुने अवसर नपाएका सांसद्हरुलाई मन्त्री बनाउनुपर्ने दबाब पर्ने भएको छ ।

सरकारको एउटा घटक एकीकृत समाजवादीमा मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर यसरी दबाब परिरहँदा सरकारको अर्को घटक जनता समाजवादी आन्तरिक विवादको कारण सरकार छाड्ने अवस्थामा पुग्ने सम्भावना पनि बढिराखेको छ ।

जनतासमाजवादी सरकारबाट बाहिरिँदा तथा एकीकृत समाजवादीका केही सांसद्ले पार्टी परित्याग गर्ने स्थितिमा पनि यो सरकारलाई बहुमतमा कायम राख्नका लागि प्रधानमन्त्री देउवाले संसद्मा १२ स्थान भएको लोकतान्त्रिक समाजवादी पनि सरकारमा समावेश गर्ने कसरत गरिराखेका छन् ।

यसका लागि प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्त ठाकुरलाई दुईवटा मन्त्रालय र प्रतिनिधिसभाको उपसभामुख पदको प्रस्ताव गरेका छन् । गत मंसिरको अन्तिममा भएको कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएपनि पराजित भएपछि डा. मिनेन्द्र रिजालले नैतिकताको आधारमा राजीनामा गरेपछि रिक्त रहेको रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आपैmले सम्हालेका छन् ।

रिक्त रहेको रक्षामन्त्रालय कांग्रेसका तर्पmबाट मन्त्री बनेका कसैलाई दिएर उक्त मन्त्रालय लोकतान्त्रिक समाजवादीलाई दिने र अर्को एउटा मन्त्रालयको व्यवस्था जलस्रोत तथा सिंचाईं मन्त्रालय अथवा उद्योगण वाणिज्य तथा आपूर्ति दुई मध्ये एक मन्त्रालयलाई फुटाएर बढ्ने एक मन्त्रालय र रक्षा मन्त्रालय कांग्रेसको अर्को मन्त्रीलाई दिएर उक्त मन्त्रालयसहित दुई मन्त्रालय लोकतान्त्रिक समाजवादीलाई दिने योजना प्रम देउवाको रहेको छ ।

सोही योजना अन्तर्गत गत मंगलवार लोकतान्त्रिक समाजवादीले प्रधानमन्त्री देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएको हो भनिन्छ । उता लोकतान्त्रिक समाजवादी भने कम्युनिस्ट गठबन्धनलाई तोडेर प्रजातान्त्रिक गठबन्धन बनाउनुपर्ने पक्षमा समेत रहेको बुझिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *