कीर्तिपुरमा १२ जना जुवाडे पक्राउ 

समाचार

काठमाडौं । कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *