७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया महिला बलात्कृत

समाचार

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठूलोबुबाले ती महिलालाई स्थानीय खेतबारीमा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडितलाई माईती नेपाल गुलरीया बर्दियाको संरक्षणमा राख्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *