हुम्लामा आगलागी हुँदा तीन घर जलेर नष्ट

समाचार

हुम्ला । हुम्लाको चंखेलीमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ। चंखेली गाउँपालिका( ४ को पिप्लाङ्ग गाउँमा गएराति दुई बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन्।

आगलागीबाट कम्तिमा पचास लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मानवीय तथा चौपायाको क्षति हुनबाट भने जोगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *