स्वतन्त्र मेयरका विरुद्धमा यस्तो भयो, दलीय षड्यन्त्र

राजनीति समाचार

काठमाडौं । राजनीतिक संलग्नता र विगत नभएका तर काठमाडौं महानगरपालिकाको र धरान उपमहानगरपालिकाको मेयरमा जनताको प्रचण्ड मतबाट विजयी भएका बालेन्द्र शाह र हर्कबहादुर साङपाङका विरुद्धमा उनीहरुले पदको सपथ ग्रहण गरेलगत्तै षड्यन्त्र सुरु भएको छ । मुख्य रुपमा दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले षड्यन्त्र सुरु गरेको हो ।

यहीं षड्यन्त्र अनुसार बालेन्द्र शाह काठमाडांै महानगरको मेयरको सपथ लिनुअगाडि नै सिसडोल र बन्चरेडाँडाका स्थानीय जनताले काठमाडौं महानगरपालिका समक्ष माग पनि पेश नगरिकन आफ्नो माग पुरा गर्न कुनै समयसमेत निर्धारण नगरी आन्दोलनमा उत्रिएका थिए ।

र, काठमाडौं, ललितपुर तथा भक्तपुरबाट जाने फोहोरमैलाको व्यवस्थापन गर्न अवरोध पु¥याउन थालेका थिए । सिसडोल र बन्चरेडाँडाका जनताले फोहोर व्यवस्थापनमा अवरोध पु¥यापछि लगभग काठमाडौंका सबै स्थानमा फोहोरको ढुंगुर थुप्रिन पुगेको थियो ।

यो समस्या समाधान गरेर फोहोरको व्यवस्थापन गर्न निर्वाचित भएपछि जिम्मेवारीसमेत नसम्हाल्दै मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित भएर दुईपटक सिसडोल र बन्चरेडाँडामा पुगेर स्थानीय जनतासँग छलफल गरेका थिए ।

लामो छलफल पछि सिसडोल र बन्चरेवासीसँग सहमति भएपछि रातीको समयमा काठमाडौंबाट फोहोर लगेर व्यवस्थापन गर्न बाटो खुलेको छ । २०६२ सालमा काठमाडौं महानगरपालिका र सिसडोल तथा बन्चरेडाँडावासीसँग सम्झौता भएपछि सिसडोल र बन्चरेडाँडामा काठमाडौंका अतिरिक्त ललितपुर महानगरसँगै भक्तपुर नगरपालिका र बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन सुरु भएको थियो ।

सिसडोल र बन्चरेडाँडामा काठमाडौं उपत्यका र बनेपाको फोहोर व्यवस्थापन गर्ने सम्झौता हुँदा सिसडोलमा स्वास्थ्य चौकी स्थापना गर्ने, त्यहाँका युवा युवतीलाई रोजगारी दिने र फोहोर व्यवस्थापन स्थानसम्म सडक पिच गर्ने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सिसडोलमा स्वास्थ्य चौकी स्थापना गरिएको भएपनि त्यहाँ स्वास्थ्यकर्मी र औषधिको भने अहिलेसम्म उचित व्यवस्था भएको छैन । यसैगरी फोहोर व्यवस्थापन गर्ने स्थानसम्म अहिलेसम्म पिच पनि भएको छैन ।

स्थानीय युवा युवतीले सहज रुपमा रोजगारी पनि प्राप्त गरेका छैनन् । यसैगरी त्यहाँ खन्याइएको फोहोरको वैज्ञानिक व्यवस्थापन नहुँदा स्थानीय जनताको स्वास्थ्यमा ठूलो असर परिराखेको छ । तर, अहिलेसम्म यी समस्यालाई अगाडि सारेर सिसडोल र बन्चरेडाँडावासीले लामो आन्दोलन गरेर काठमाडौं महानगरपालिकालाई नै फोहोरको थुप्रै बनाउने काम गरेका थिनन् ।

त्यसका लागि नेकपा एमालका सांसद् रामवीर मानान्धर तथा नेपाली कांग्रेसका सांसद गगन थापाले खासगरेर नवनिर्वाचित मेयर बालेन्द्र शाहलाई निरुत्साहित गर्न यस्तो भूमिका निर्वाह गरेका थिए । नेकपा एमालेको तर्पmबाट महानगरको मेयरको उम्मेदवार बन्ने अवसर नपाएपछि एमाले सांसद् मानन्धरले स्थानीय निर्वाचनको प्रक्रिया अगाडि बढेसँगै एमालेले काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाएका केशव स्थापितलाई पराजित गर्ने अभियानमा लागेका थिए ।

यसैगरी स्थापित पराजित भएर काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह निर्वाचित भएपछि सांसद् मानन्धरको सक्रियता बालेन्द्रलाई निरुत्साहित गर्नेमा हुन थाल्यो । र, उनले सिसडोल र बन्चरेडाँडावासीलाई उक्साउन थाले भनिन्छ । अहिले काठमाडौं महानगर र बन्चरेडाँडा तथा सिसडोलवासीका बीचमा फोहोर व्यवस्थापनका सम्बन्धमा सहमति भएपछि सांसद् रामवीर मानन्धर काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफ्नो अध्यक्षतामा समिति गठन हुनुपर्ने माग गर्न थालेका छन् ।

उता बन्चरेडाँडा र सिसडोलवासीले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध पु¥याउन थालेपछि र काठमाडौंको जनजीवन नै फोहोरको कारण अस्तव्यस्त हुनथालेपछि यो समस्या समाधान गर्नेतिर नभएर काठमाडौंले फोहोर धान्दैन भन्ने टिप्पणी गरेर स्थितिलाई थप जटिल बनाउने र आन्दोलनमा उत्रिएका सिसडोल र बन्चरेडाँडावासीलाई उक्साउने काम गरेका थिए ।

सिसडोल र बन्चरेडाँडामा काठमाडौं महानगरपालिकासहित १० वटा नगरपालिका ललितपुरको पाटन महानगरपालिकासहित तीन नगरपालिका, भक्तपुरका तीन नगरपालिका र कांभ्रेको बनेपा नगरपालिकाको फोहोर व्यवस्थापन हुँदै आएको छ । सिसडोल र बन्चरेडाँडावासीले विभिन्न माग राख्दै ती स्थानमा फोहोर व्यवस्थापन गर्न नदिएपछि काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह समस्या समाधान गर्न सक्रिय रहेका थिए ।

उता ललितपुरको पाटन महानगरपालिकालगायतका सबै नगरपालिका र भक्तपुरका पनि निर्वाचित सबै मेयरहरुले यो समस्याप्रति कुनै वास्ता नगरेर आपूmलाई बधाइ खानमा नै सक्रिय पारेका थिए । एमाले सांसद मानन्धर तथा कांग्रेस सांसद थापा लगायत काठमाडौं उपत्यकाका सबै निर्वाचित मेयरहरु एक ठाउँमा गठबन्धन गरेर फोहोरमैलाको सन्दर्भमा प्रचण्ड बहुमतसहित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका बालेन्द्र शाहलाई असफल पार्ने र उनीपछिको जनताको समर्थनलाई परिवर्तन गर्ने षड्यन्त्र भएको थियो ।

यसैगरी धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र हैसियतले निर्वाचित भएका हर्क साङपाङलाई असफल पार्न कांग्रेस, एमाले तथा माओवादीका तर्पmबाट वडा अध्यक्षमा निर्वाचित भएका व्यक्तिहरु सक्रिय हुनथालेका छन् । र, यही कारणले गर्दा धरान उपमहानगरको कार्यसमितिको बैठकसमेत बस्न सकेको छैन।

निर्वाचन सम्पन्न भएपछि आयोजना गरिएको पहिलो बैठकमा नै कांग्रेस, एमाले तथा माओवादीका वडाअध्यक्षहरुले हचुवाको भरमा नगरपालिकाभित्रबाट गिटी तथा बालुवा निकालेर बेच्न राखेको प्रस्तावलाई मेयर साङपाङले अस्वीकार गरेपछि धरान उपमहानगरको बैठक बस्न सकेको छैन ।

तर, गिटी, बालुवा विक्री गरेर अतिरिक्त आम्दानी गर्ने अडानमा राजनीतिक दलको दर्फबाट निर्वाचित भएका वडा अध्यक्षहरु अहिले पनि लागिपरिराखेका छन् । तर धरानका जनता भने यसरी मनपरी ढंगले प्राकृतिकm दोहन गर्न पाइँदैन भनेर मेयर साङपाङको पक्षमा उभिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *