नेपाल इन्सुरेन्स कम्पनीको साधारण सभा जेठ ३० गते

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको ७३ औं साधारण सभा जेठ ३० गते सोमबार बस्दै छ । यसले गत वर्षको नाफाबाट ११५ बोनस सेयर र कर तिर्न ०।५७८९५ नगद लाभांश दिने प्रस्ताव सहित सभा गर्न लागेको हो । सभा प्रयोजनका लागि कम्पनीले आज जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको छ ।

तसर्थ, जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन् साधारण सभा बिहान ११ बजेबाट नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमान्डौमा सम्पन्न हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहित आ।व। २०७७ र ७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूची पारित गर्ने एजेन्डा रहेको छ त्यस्तै, आ।व।२०७८ र ७९ को हिसाब किताब लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *