भक्तपुरमा एक पुरुष मृत भेटियो

समाचार

काठमाडौं । भक्तपुरमा एक पुरूष मृत अवस्थामा भेटिएका छन् ।

मध्यपुर थिमि नगरपालिका– ८ बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा स्थानीय ५१ वर्षीय कल्याण साहु आइतबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।

साहुलाई मारिएको आशंकामा केही शंकित व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको स्रोतले जनाएको छ । शंकित व्यक्तिहरुलाई प्रहरी वृत्त ठिमीमा ल्याई थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले आइतबार बिहान बोडेमा पुरुषको लाश घोप्टो परी रगताम्य अवस्थामा रहेको छ भन्ने खबर प्रहरीलाई गरेको र उक्त खबर प्राप्त हुनासाथ प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको जनाएको छ

मृतकको लाशलाई पोष्टमार्टम गर्न चाँगुनारायण नपा २ दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *