महिलामाथि सामूहिक बलत्कार गर्दा होटल सञ्चालकसहित चार पक्राउ

समाचार

काठमाडौं । काठमाडौंको बौद्धमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बौद्धस्थित एक होटलमा शनिबार राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजिनक भएको हो।

ती महिलालाई बलात्कार गरेको आरोपमा होटल सञ्चालसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

होटल सञ्चालकलाई मतियार र बाँकी तीन जनालाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी सुदीप गिरीले बताए। पक्राउ परेकालाई प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान सुरु गरिएको उनले बताए। पीडितको मेडिकल जाँच लगायतका काम भइसकेको छ।

थप अनुसन्धान जारी नै रहेकाले अहिले नै आरोपितको विवरण सार्वजनिक नगरिने एसएसपी गिरीले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *