पाँचदलीय गठबन्धनको विकल्पमा तीनदलीय गठबन्धनको तयारी

राजनीति समाचार

प्रधानमन्त्री देउवा २०७२ सालकै परिणाम दोहोरिने संकेतले चिन्तित
काठमाडौं । स्थानीय निर्वाचनको परिणामबाट उत्साहित भएका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आमनिर्वाचनसम्म यो गठबन्धनलाई कायम राख्ने र त्यसमा नेपाली कांग्रेसलाई सबैभन्दा ठुलो दलको हैसियतमा स्थापित गरेर आपूm फेरि प्रधानमन्त्री हुने योजनामा छन् ।

यहीं कारणले आमनिर्वाचनलाई ढिलो गर्दा गठबन्धनमा असर पर्न सक्ने अनुमान गरेर प्रधानमन्त्री देउवाले आगामी कात्तिक २७ गते अथवा मंसिर ३ गते एकैचरणमा प्रादेशिकसँगै संघीय निर्वाचन पनि सम्पन्न गर्ने योजना बनाएका छन् । उता गठबन्धनकै तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजादीका बीच गठबन्धन बनाएर आमनिर्वाचनमा जाने सम्बन्धमा छलफल हुन थालेको छ ।

यससम्बन्धमा गत शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र …. मुलमान राई का बीचमा एकचरणमा छलफल समेत भएको छ । यी तीन दलका शीर्ष नेताबीच नेपाली कांग्रेसलाई दबावमा राखेर चुनावमा जाने स्थिति बनाउने र नेपाली कांग्रेसलाई दबबामा राख्न नसके माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीबीच अर्को गठबन्धन बनाएर अगाडि बढ्ने योजना बनाइँदै छ ।

लगभग एक वर्ष अगाडि नै जनता समाजवादीको कार्यकारिणी परिषद्का अध्यक्ष बाबुराम भट्टराईले कांग्रेसलाई अलग राखेर गठबन्धन बनाउनुपर्ने पेटबोली रहेको एउटा लेख सार्वजनिक गरेका थिए ।

अहिले स्थानीय निर्वाचनको परिणाम आएसँगै माओवादी नेता वर्षमान पुन र शक्ति बस्नेत, त्यसैगरी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र स्लाख राई, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसालकाबीच उल्लेखित तीन दलका बीचमा पाँच दलीय गठबन्धन मातहत नै तीन दलको उपगठबन्धन बनाउने र कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा आगामी आमनिर्वाचनमा लचकताका साथ सहभागिता हुन अस्वीकार गरेमा पाँच दलीय गठबन्धनबाट बाहिरिएर तीन दलको गठबन्धनमार्पmत चुनावी मैदानमा उत्रने योजना बनाएका छन् ।

यही योजनाअनुसार गत आइतबार बर्दिया पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेजस्तै कांग्रेसले पनि घमण्ड गरे देखाइदिने भनेर विना प्रसङ्मा कांग्रेसलाई चेतावनी दिने काम गरेका छन् ।सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसले निर्वाह गरेको भूमिका प्रति खास गरेर जनता समाजवादी र एकीकृत समाजवादी सन्तुष्ट छैनन् । आगामी आमनिर्वाचनमा राम्रो परिणाम ल्याएर प्रधानमन्त्रीका लागि दावी गर्ने स्थिति बनाउने पक्षमा छन् ।

संविधानअनुसार प्रतिनिधिसभाको गठन २७५ जना सांसबाट जानुपर्ने छ । संसद् गठनका लागि १७५ स्थानमा प्रत्यक्ष निर्वाचनबाट र ११० स्थानमा समानुपातिक प्रक्रियाबाट सांसद निर्वाचित हुन्छन् । अर्थात् पाँचदलीय गठबन्धनबीच सहमति गर्ने भनिएको प्रत्यक्षतर्पmको १६५ स्थानमा हो । उक्त १६५ स्थानमा नेपाली कांग्रेसले कम्तिमा १०० स्थान नछाड्ने संकेत गरेपछि गठबन्धनका तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेता तनावमा पर्न गएका छन् ।

यहीं कारणले प्रत्यक्षतर्पmको स्थानका कांग्रेसलाई दबाबमा पारेर पछाडि हट्न लगाउने र त्यसो हुननसके तीन दलको गठबन्धन बनाएर चुनावी मैदान जाने रणनीति माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुले बनाउन थालेका छन् ।

उता प्रधानमन्त्री देउवा भने गठबन्धन आमनिर्वाचनसम्म आपूmले नेतृत्व गरेको सरकारलाई कायम राख्न र आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्नका लागि केही हदसम्म लचिलो हुने सम्भावना छ । तर, पार्टीभित्रैबाट आउने दबाब र प्रत्यक्षतर्पmको १६५ स्थानलाई गठबन्धनका सबै दललाई चित्त बुझाउन प्रधानमन्त्री देउवालाई त्यति नै चुनौती रहेको छ ।

उता गठबन्धनभित्रैका केही शीर्ष नेताहरुले वामलोकतात्रिक गठबन्धनलाई भत्काएर माओवादी गठबन्धन बनाउन नयाँ प्रस्ताव अगाडि सारेका छन् । वामगठबन्धनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेसमेत सहभागी हुने छ । यो मामिलामा केही दिन अगाडि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बालकोट नै पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको लगभग दुई घण्टा लामो वार्तालाई राजनीतिक क्षेत्रले अर्थपूर्ण मानेको छ ।

उता प्रधानमन्त्री देउवा फेरि चुनाव अगाडि कम्युनिस्ट गठबन्धन बन्ने र नेपाली कांग्रेसको अवस्था २०७४ सालको आमनिर्वाचनको परिणाम जस्तै निराशाजनक हुन सक्ने भनेर चिन्चित बन्न थालेका छन् । यिनै कारणले गर्दा प्रधामन्त्री देउवा सकेसम्म चाँडो आमनिर्वाचनको मिति घोषणा गरेर अहिलेको राजनीतिलाई नयाँ धार दिने कसरतमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *