राजनीतिक दललाई बालेन्द्र निर्वाचित भएको नपच्दा काठमाडौं भयो फोहोरको नर्क

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले नेकपा एमालेका केशव स्थापित तथा नेपाली कांग्रेसकी सिर्जना सिंह जस्ता बलिया उम्मेदवारलाई पराजित गरेर सानदार सफलता प्राप्त गरेका छन् ।

स्वतन्त्र हैसियतबाट निर्वाचन लडेर बलिया पार्टीका उम्मेदवारलाई फरालिको मतान्तरले पराजित गरेको खुसियाल बनाउन नपाउँदै नवनिर्वाचित बालेन्द्र शाह काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनमा सक्रिय हुनुपरेको थियो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मेयरका स्वतन्त्र प्रत्यासी बालेन्द्रले आफ्नो अग्रता बनाउन थालेसँगै काठमाडौं महानगरले फोहोर व्यवस्थापनको समस्या भोग्नुपरेको थियो ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले विभिन्न मागहरु अगाडि सार्दै काठमाडौंबाट गएका फोहोरमैलाका सवारी साधनलाई प्रवेश गर्न र फोहोर व्यवस्थापन गर्न नदिएपछि राजनी काठमाडौं नै फोहोरको ढुंगुर बन्न पुगेको थियो । लामो प्रयासपछि नवनिर्वाचित काठमाडौं महानगरका मेयर शाहले सिसडोल र बन्चरेडाँडाका वासिन्दा सहमतिमा ल्याउन सफल भएका छन् ।

अहिले पुनः काठमाडौंको फोहोर बन्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुने थालेको छ । रमाइलो पक्ष के छ भने काठमाडौं महानगरका बालेन्द्र शाह फोहोर व्यवस्थापनका लागि खटिरहँदा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलगायतका निर्वाचित जनप्रतिनिधिहरु भने विजयको खुसियाली मनाउन व्यस्त थिए ।

जब कि काठमाडौं जिल्लासँगै ललितपुरका सबै स्थानीय तहदेखि भक्तपुरको नगरपालिका र काभ्रेको बनेपा नगरपालिकाको फोहोरको व्यवस्थापनसमेत सिसडोल र बन्चरेडाँडामा आएको छ ।गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचको परिणाम आउन थाल्दा र काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता लिन थाल्दा सिसडोल र बन्चरेडाँडाका जनताले विभिन्न माग राखेर काठमाडौंलाई फोहोरको थुप्रे बनाएको रहस्य अहिले खुल्न थालेको छ ।

बागमती प्रदेश सरकारले गत सोमबार र मंगलबार नवनिर्वाचित स्थानीय प्रतिनिधिहरुलो अभिमुखी करण गराउने भनर तीन दिने गोष्ठी राखेको थियो । उक्त गोष्ठीमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको समेत उपस्थिति थियो ।

काठमाडौं महानगरका मेयर र उपमेयर उपस्थित रहेको र काठमाडौंको फोहोर केही दिन अगाडि मात्र व्यवस्थापन हुन थालेको अवस्थामा बागमती प्रदेशका आर्थिक गतिविधि तथा योजनामन्त्री शालिकराम बमर्कट्टेलले काठमाडौंको फोहोर नुवाकोट र धादिङमा झार्न नदिने चेतावनी दिएर काठमाडौं महानगरको स्वतन्त्र हैसियतले मेयर निर्वाचित भएका बालेन्द्र शाहलाई अप्ठ्यारोमा पार्ने र सहयोग नगर्ने स्पष्ट सन्देश दिएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डसँग नजिकको सम्बन्ध रहेका प्रदेश मन्त्री जमर्कट्टेलले दिएको यो चेतावनीबाट माओवादीलाईसमेत स्वतन्त्र हैसियतबाट काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह निर्वाचित भएको नपचेको स्पट छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *