रोकिएन ठगीधन्दा, कन्सल्टेन्सी र मेनपावरको कमाउधन्दा

समाचार

काठमाडौं । पञ्चायत काल हुँदै बहुदलदेखि गणतन्त्रसम्म आइपुग्दा पनि ठगीका घटना रोकिएका छैनन् । अझैपनि आमनेपाली ठगिने क्रम बढेर गएको छ । ठगीधन्दा रोक्नलाई सरकारले विभिन्न कानुनतः ल्याउँछ । तर कडा रुपमा लागू गर्न सक्दैन र राजनीतिक दलको सरकार पटक पटक फेरबदल भएका छन् । तर जुनै पनि पार्टीका मन्त्रीले ठगीधन्दालाई नियन्त्रण गर्न सकेका छैनन् र सक्नेवाला पनि छैन । सबैभन्दा बढी ठगीमा वैदेशिक रोजगारको खोजीमा विदेश जाने युवायुवती ठगिने गरेका छन् । तत्कालीन शेरबहादुर देउवाको पालामा श्रम तथा रोजगार मन्त्रालय सम्हालेका टेकबहादुर गुरुङले वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउँछु भन्दै तीनकुनेमा राखिएको वैदेशिक रोजगारको कार्यालय तीनकुनेबाट सोल्टी होटलको पछाडि सार्वजनिक खरिद ऐनको कार्यालय अगाडि पु¥याएर करोडौं कमिसन खाएका थिए र टेकबहादुर गुरुङले आफ्नो हिमाल मेनपावर भतिजी नाचुङले चलाएकी थिइन ।
वैदेशिक रोजगारलाई सुधारको नाममा टेकबहादुरले उधुम मच्चाएका थिए । त्यसपछि केपी ओलीको सरकारमा गोकर्ण विष्टले केही सुधार ल्याउन खोजेका थिए भने मेनपावर कम्पनीका सञ्चालकले सुधार गर्न लागेका थिएनन् । त्यसपछि माओवादी केन्द्रबाट मन्त्री भएका महेन्द्र रायले केही माखो मार्न सकेन । यस्तै श्रम तथा रोजगार मन्त्रालयका मन्त्री फेरिएर यो गर्छु, त्यो गर्छु भन्दै गर्दा हाल श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले केही कानून बनाएर लागु गरेका छन् । तर पालन गर्न सकेका छैनन् भने व्यक्रिगत ठगीधन्दा रोक्न सकेका छैनन् । २०७६ सालको कोरोना पछि वैदेशिक रोजगार क्षेत्रमा मन्दी आएपछि धेरै मेनपावर कम्पनी घाटामा गएको थियो । कतिपय कारण नेपालका युवायुवती विदेश जान पाएका थिएनन् । एकातिर कोरोना डर र अर्काेतिर विदेशीलेसमेत कोरोनाको बहानामा कामदारको माग गरेका थिएनन । विभिन्न देशमा कामदार मागिएको थिएन । कतिपय नेपाली विदेश जानबाट वञ्चित भएका थिए । अहिले विस्तारै कोरोनाको रोग नियन्त्रण हुँदै गएपछि विभिन्न देशबाट कामदारको माग हुँदै आएको छ ।
मेनपावर पनि सञ्चालनमा आएका छन् । कतिपय मेनपावर कम्पनीले विभिन्न जिल्ला, प्रदेश, स्थानीय निकायमा मेनपावरका एजेन्ट खडा गरी नेपालमा बेरोजगार युवायुवतीलाई आकर्षण र लोभमा पारेर अनलाइन फाराम भर्न लगाएर यो माग आएको छ , त्यो माग आएको छ भन्दै च्याउसरी खोलिएका मेनपावर र कन्सल्टेन्सीले विभिन्न देशमा भिजिट भिसाको नाममा ठगी गरिराखेका छन् ।
खासगरी नेपालमा उद्योगधन्दा र रोजगारी नपाएपछि आमनेपाली ठगिन बाध्य भएका छन् । ठगिने क्रम जारी रहेको छ । यसरी आम नेपाली कन्सल्टेन्सी र मेनपावर एजेन्टबाट ठगिएको जानकारी पाएपछि सम्बन्धित ठाउँमा उजुरी दिने गरेका छन् । उजुरी दिएतापनि उजुरीको सुनुवाई कम हुने गरेको छ । उजुरी दिएका व्यक्तिले आफुबाट ठगिएको पैसा क्षतिपूर्ति माग गरेपनि कम पाउने गरेका छन् । ठगिने व्यक्ति मारमा परेको बताइन्छ । खासगरी अहिले मेनपावर र कन्सल्टेन्सीले विद्यार्थीलाई प्रयोग गरेको बताइन्छ । नेपाली युवायुवती पढाईको लागि क्यानडा जापान, युके, अमेरिका, अस्ट्रेलिया, म्यानमार, डेनमार्कको लागि विभिन्न कन्सल्टेन्सीले ठगी गर्दै आएको स्रोतले बताउने गरेको छ । यस्ता विषयमा कुनै पनि निकायले अनुगमन गरेको छैन । यस्तै अहिले भिजिट भिसामा भारतको बाटो हुँदै राम्रो कमाई र प्रलोभनमा पारेर रोजगारको ग्यारेन्टी भन्दै भिजिट भिसामा युवा युवती लग्ने गरेका छन् । भारतको बाटोबाट कतार, बहराइन, मलेसिया, दुबई, साउदी अरब, माल्दिप्स, कुवेत, अफगानिस्तानसम्म पु¥याएर छाड्ने गरेको एक पीडित युवाले तामाकोशी सन्देशलाई नाम नछाप्ने शर्तमा बताए । यस्तै नेपालमा मेनपावर सञ्चालन गर्ने र बारम्बार ठगी गर्दैै आएपछि विदेशमा लुकिछिपी बस्तै विदेशबाट नक्कली डिमाइन्ड लेटर पठाएर विदेशमा लुकिछिपी बस्ने बिचौलिया र नेपालमा बस्तै आएका बिचौलिया मार्फत भिजिट भिसाबाट ठगीँदै आएका छन् । कतिपय भिसा नक्कली बनाए नेपालका युवायुवतीदेखि कम पढेलेखेका रोजीरोटी नपाएर भौतारिएका मानिसलाई नेपालको गाउँबस्ती शहरका युवायुवती र विद्यार्थीका लागि मात्र नभएर अन्यत्रलाई प्रयोग गरी ठगिराखेका छन् । सरकारले यस्ता विषयमा ध्यान दिएको छैन र कतिपय सूचनाको आधालाई लिएर विभिन्न देशबाट यति कामदारको माग आएको छ, उति कामदारको माग आएको छ भन्दै मेनपावर कम्पनी र कन्सल्टेन्सी कम्पनीले आम नेपाली युवायुवतीलाई ठगी गर्दै आएका छन् । यस्तो विषयमा न सरकारले दोषी माथि कारबाही गर्न सक्छ, न त नेपाल प्रहरीले यस्ता बिचौलियाको बारेमा छानबिन गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *