सरकारी स्कुलमा पाइँदैनन् किताब, बोर्डिङ स्कुलमा बोझ

समाचार

सबिन बस्नेत
काठमाडौं । वैशाख महिनादेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । असार महिना लागिसक्दासम्म शिक्षा मन्त्रालयले अधिकाशं जिल्ला, प्रदेश र स्थानीय तहका विद्यालयमा किताब पु¥याउन सकेको छैन । यो रोग धेरै पहिलादेखि चल्दै आएको छ । जनक शिक्षा सामाग्री केन्द्रले पहिलादेखि किताब छपाईमा लापरवाही गर्दै आएको छ । जनक शिक्षा सामाग्री लिमिटेडभित्र राजनीतिक बिचौलिया, निजी क्षेत्रका बिचौलिया र कर्मचारीबिच मिलेमतोमा अनियमितता हुँदै आएपनि अहिलेसम्म कुनै पनि निकायले ध्यान दिन सकेको छैन । सरकारी काम कहिले जाला घाम भन्दै हेल्चेक्रयाईं जनक शिक्षाका कर्मचारीले गर्ने गरेका छन् । जनक शिक्षामा प्रयाजसो कर्मचारी अस्थायी र करारमा भर्ना गरिन्छ । प्रायजसो धेरै महिला कर्मचारी भर्ना भएका छन् । सबै राजनीतिक पार्टीका कार्यकर्ता, मन्त्रीका आफन्त, सचिवका आफन्तले भरिभराउ भएका छन् । जनक शिक्षा सामाग्री केन्द्रमा व्यापक रुपमा भ्रष्टाचार हुने गरेको छ । छपाईको मेसिन बिगार्ने र मेसिनमा कर्मचारीले खेल्ने गरेका छन् । प्रायजसो कागज खरिदमा ठूलो भ्रष्टाचार हुने गरेको छ । जनक शिक्षा सामाग्री केन्द्रमा ज्यालादारी कर्मचारी र स्थायी कर्मचारीबिच भनाभन हुने गरेको छ । कर्मचारीबिच एकता छैन । जनक शिक्षा सामाग्रीमा किताब छपाई गर्दा राजनीतिक चलखेल हुने गरेको छ । जब नेपालमा सरकार फेरिन्छ अनि शिक्षामन्त्री फेरिन्छन् । तर कामको सुधार फेरिँदैन । खाली भ्रष्टाचरा र अनियमितता बढेर जाने गरेको छ । जनक शिक्षा सामाग्री केन्द्रमा भए गरेको भ्रष्टाचार तँ रोएजसो गर म कारबाही गर्छु भनेजस्तै भएको छ । जनक शिक्षा सामाग्री केन्द्रमा किताब छपाई र विक्री वितरण गर्दा व्यापक रुपमा भ्रष्यटाचार हुने गरेको छ । सरकारी स्कुलका विद्यार्थीले अहिलेसम्म किताब पाएका छैनन् । वर्षायाम सुरु भएको छ दुरगाउँ जिल्ला कालीकोट, मुगु, मुस्ताङ, बझाङ, रोल्पाजस्ता जिल्लामा विद्यार्थीले किताब पाउन सकेका छैनन् । जनक शिक्षा सामाग्री केन्द्रले किताब बाहिर पठाउँदाखेरी ढुवानी भाडामा समेत कमिसनको चलखेल हुने गरेको छ ।
कर्मचारीले यसरी नै चलखेल गर्ने गरेको र गुणस्तरहीन पुस्तक छाप्ने गरेको आरोप छ । किताब सबै आधा अधुरो मात्र छाप्ने र हिमाली जिल्लामा त्यस्तै अपूर्ण पुस्तक पठाउने गरिएको पाइन्छ । जनक शिक्षा सामाग्री कम्पनीलाई चाहिने मसलन्द खरिदमा पनि ठूलो अनियमितता हुने गरेको छ । यसमा छानबिन गरी र कारबाही गर्ने निकाय तैंचुप मैंचुप भएर बसेको छ । जनक शिक्षा सामाग्रीले ३५ देखि ४० लाखको हाराहारीमा किताब छाप्नुपर्ने हुन्छ तर जनक शिक्षा सामाग्री केन्द्रले २५ देखि ३० लाख किताब छाप्न सकेको अवस्था छैन । खासगरी किन यस्तो समस्या हुन्छ ? प्रायजसो मेसिन बिग्रने गरेको छ । मेसिन बेलामा मर्मत हुने गरेको छैन । यस्तै मेसिन अपरेटरको लापरवाहीले गर्दा मेसिन बिग्रने र गुणस्तरहीन कागजको कारण कागज रोल पटक पटक चुँडिने र बेन्डिङमा समेत समस्या देखिने गरेको छ ।
यस्तै पाठ्यक्रममा पनि समस्या आउने गरेको छ । यो समस्या जनक शिक्षाको लागि पुरानो रोग भएको छ । तर यसपाली जनक शिक्षाले निर्वाचन र युक्रेन–रुस युद्धलाई देखाएर पन्छेको छ । कतिपय हिमाली र पहाडी जिल्लामा विद्यार्थीले अहिलेसम्म किताब पाएको अवस्था छैन । सरकारी स्कुलमा एकातिर किताबको अभावसँगै शिक्षक पनि विद्यालय नगएर बन्द गरी खेतीपातीमा लाग्ने गरेका छन् । कतिपय शिक्षक घुमघाममा रमाएका छन् । विद्यालयमा पढाउने बेलामा किताब छैन । हिमाली जिल्लादेखि पहाडी जिल्लासम्म यो रोग परापूर्व कालदेखि नै चल्दै आएको हो । शिक्षामन्त्री फेरिएका फेरियै छन् । विद्यार्थीले पाउने शिक्षा चाहिं जहिले पनि जस्ताको तस्तै हुने गरेको छ । उता निजी बोर्डिङका किताब भने विद्यार्थीले समयमै पाउने गरेका छन् भने मूल्य भने जथाभावी राखिएको पाइन्छ । यस्तो विषयमा शिक्षामन्त्री चुपचाप बसेको अवस्था छ । कतिपय बोर्डिङ स्कुलका विद्यार्थीले किताबको बोझ थेग्न सक्ने अवस्था छैन । विद्यार्थीले बोक्ने किताबको बोझले पढाईमा समेत असर गरेको अभिभावकको गुनासो छ । सरकारी स्कुलमा छोराछोरी भर्ना गर्दा पढाई कमसल हुने गरेको छ । एकातिर किताब समयमा नपाउने रोग, अर्कोतिर बोर्डिङमा भर्ना गरी महंगो तेत्तिकै किताबको बोझ यस्तै छ भन्दै थिए अभिभावकहरु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *