ताल निर्माणका लागि बजेट विनियोजन

राजनीति समाचार

हेटौँडा  । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष  २०७९र०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

उनले आव २०७९र०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *