विवाहको पार्टीमा खुकुरी प्रहार गरेको अभियोगमा तीन जना पक्राउ

समाचार

काठमाडौं । एक व्यक्तिलाई खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले गोकर्णेश्वरको नारायणटारबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं।

८ का धनबहादुर श्रेष्ठको टाउकोमा खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले काभ्रे मण्डन देउपुर नगरपालिका वडा नं ६ का ३० वर्षीय शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नं. ४ का २२ वर्षीय कविराज तामाङ र हेलम्बु ४ कै २० वर्षीय सुजन श्रेष्‍ठलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुबाट धारिलो हतियार खुकुरी एक थान र मोबाइल फोन एक थानसमेत बरामद छ।

बुधवार राति नारायणटारस्थित छिमेकी पार्टी प्यालेस नजिक मानिसहरु एकापसमा झगडा गरी धारिलो हतियारसमेत प्रहार गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त बौद्धबाट प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोली तत्काल उक्त स्थान पुगेको प्रहरीले जनायो। टाउकोमा चोट लागेका धनबहादुरलाई उद्धार गरी उपचारार्थ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

विवाहको पार्टीमा भएको सामान्य झगडाको निहुँमा रिसिवी राखी धनबहादुरको माथि खुकुरी प्रहार गरी घाइते बनाएर उनीहरु फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

घटनाको सम्बन्धमा प्रकरण क मा पक्राउ परेका ३ जना ब्यक्तिहरु उपर मुलुकी अपराध (संहिता) ऐन,२०७४ को परिच्छेद (१२ को ज्यानसम्बन्धी कसूर मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई प्रहरी वृत्त बौद्दबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *